ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लेखकको चेतावनी– कांग्रेसको महाधिवेशन प्रक्रिया नरोकिए पार्टी विभाजन हुन्छ


ABC NEWS
२१ भदौ २०८३, आइतबार   ५ : ४५   बजे

काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशन प्रक्रिया तत्काल नरोकिए कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने चेतावनी दिएका छन्।

कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा पार्टीका कार्यकर्तासँगको भेटघाटका क्रममा नेता लेखकले पार्टी एकता जोगाउन आफूहरू अझै पनि अधिकतम लचकताका साथ अघि बढिरहेको बताए। तर महाधिवेशनको प्रक्रिया यथास्थितिमै अघि बढे त्यसले पार्टीलाई विभाजनतर्फ लैजाने उनको दाबी छ।

“अहिले पनि उपाय छ। आफ्नो–आफ्नो ठाउँबाट महाधिवेशन रोकौँ। यदि महाधिवेशन रोकिएन भने पार्टी विभाजन हुन्छ,” लेखकले भने।

उनले पार्टीभित्र देखिएको विवाद समाधानका लागि अहिलेको महाधिवेशन प्रक्रिया रोक्नु नै सबैभन्दा महत्वपूर्ण उपाय भएको बताएका छन्।

‘विशेष महाधिवेशनपछि समस्या सिर्जना भयो’

लेखकले विशेष महाधिवेशनमार्फत १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई हटाइएपछि अहिलेको विवाद सिर्जना भएको दाबी गरे।

उनका अनुसार विशेष महाधिवेशनबाट बनेको संरचना र १४औँ महाधिवेशनबाट बनेको कार्यसमितिका दुवै पक्षलाई समेटेर समाधान खोजिनुपर्छ।

उनले विवाद समाधानका लागि कुनै एक पक्षलाई पूर्ण रूपमा विस्थापित गर्नेभन्दा दुवै महाधिवेशनबाट बनेका संरचनालाई समेट्ने गरी सहमतिको बाटो खोज्नुपर्ने बताए।

‘गगनजीलाई सभापति मान्न तयार छौँ’

लेखकले आफूहरूको मुख्य माग वर्तमान सभापति गगन थापालाई हटाउने नभएको स्पष्ट पारेका छन्।

बरु १४औँ महाधिवेशनबाट कार्यसमितिमा रहेका तर विशेष महाधिवेशनमा समेटिन नसकेका नेताहरूलाई पनि केन्द्रीय कार्यसमितिमा समेटेर पार्टीभित्रको शक्ति सन्तुलन मिलाउनुपर्ने प्रस्ताव आफूहरूले अघि सारेको उनले बताए।

उनका अनुसार त्यसरी सदस्य थप्दा सभापति थापा अल्पमतमा पर्ने अवस्था सिर्जना हुने चिन्ता भए सभापति पक्षले आफ्नोतर्फबाट आवश्यक सदस्य थपेर बहुमत कायम गर्न सक्ने विकल्पसमेत आफूहरूले दिएका छन्।

“हामीले गगनजीलाई नै सभापति मान्ने गरी पार्टी मिलाउने प्रयास गरेका हौँ, तर मिल्न सकिरहेको छैन,” लेखकले भने।

उनले पार्टी एकता जोगाउन आफूहरूले करिब ११ महिनादेखि निरन्तर प्रयास गरिरहेको दाबी गर्दै अझै पनि सहमतिको सम्भावना समाप्त नभएको बताए।

तीन समितिमा पनि साझा प्रतिनिधित्वको प्रस्ताव

लेखकले पार्टीभित्रका महत्वपूर्ण समितिहरूमा समेत सबै पक्षको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।

उनका अनुसार निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति र अनुशासन समितिमा सभापति थापाले संयोजक तोक्न सक्ने तथा आफ्नो बहुमत कायम गर्न सक्ने व्यवस्था स्वीकार गर्न सकिनेछ।

तर ती समितिमा अन्य समूहबाट पनि कम्तीमा एक–एक जना प्रतिनिधि राखिनुपर्ने आफूहरूको प्रस्ताव रहेको लेखकले बताए।

यसबाट पार्टीभित्रका विभिन्न समूहबीच विश्वासको वातावरण बनाउन सकिने र विवादित विषयमा साझा निर्णय प्रक्रियाको आधार तयार हुने उनको भनाइ छ।

‘महाधिवेशन रोकौँ, अदालतको फैसला कुरौँ’

लेखकले अहिलेको विवाद समाधानका लागि महाधिवेशनको प्रक्रिया केही समय रोक्दै अदालतको फैसला पर्खिनुपर्ने धारणा पनि राखे।

पार्टीको आधिकारिकतासम्बन्धी मुख्य मुद्दा अझै विचाराधीन रहेको उल्लेख गर्दै उनले अदालतको कुनै एउटा फैसला आफ्नो पक्षमा आएको आधारमा त्यसलाई सम्पूर्ण विवादको समाधानका रूपमा बुझ्न नहुने बताए।

उनका अनुसार पार्टीभित्रको विवाद कानुनी प्रक्रियासँग पनि जोडिएकाले अदालतको अन्तिम प्रक्रियालाई समेत ध्यानमा राखेर राजनीतिक सहमति खोजिनुपर्छ।

‘विभाजन भए जिम्मेवारी महाधिवेशन सुरु गर्ने पक्षले लिनुपर्छ’

लेखकले पार्टी विभाजनको अवस्था आए त्यसको जिम्मेवारी महाधिवेशनको प्रक्रिया अघि बढाउने पक्षले लिनुपर्ने चेतावनीसमेत दिएका छन्।

उनले कांग्रेसलाई विभाजनबाट जोगाउने अन्तिम उपायका रूपमा अहिले महाधिवेशन रोक्न आग्रह गरिरहेको बताए।

कांग्रेसभित्रको विवाद लामो समयदेखि समाधान हुन नसकिरहेको अवस्थामा लेखकको पछिल्लो अभिव्यक्तिले पार्टीभित्रको शक्ति संघर्ष थप गम्भीर बनेको संकेत गरेको छ।

एकातर्फ महाधिवेशनको प्रक्रिया अघि बढाउने तयारी छ भने अर्कोतर्फ त्यसलाई रोक्दै संवाद र सहमतिबाट विवाद समाधान गर्नुपर्ने दबाब बढिरहेको छ।

यही अवस्थामा कांग्रेसको आन्तरिक विवाद महाधिवेशनबाट समाधान हुने कि महाधिवेशनकै प्रक्रियाले पार्टी विभाजनको बाटो खोल्ने भन्ने प्रश्न थप पेचिलो बनेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारी वर्षापछि कालिकोटमा बाढी–पहिरोको जोखिम, सतर्क रहन प्रशासनको अपिल

भोटेकोसी बाढीपीडितको बस्ती स्थानान्तरण गर्न जग्गा खोज्न सरकारद्वारा समिति गठन

सम्बन्धित

वैज्ञानिक निष्कर्ष : ‘हिमाल पग्लियो, नदीको धार फेरियो, अब विकासको मोडल बदल्नुपर्छ’

नेपालका बाढीपीडितलाई २९ भन्दा बढी देशको साथ, खोज तथा उद्धारदेखि राहतसम्म सहयोग

रसुवाका पाँच टनेलमा खोज तथा उद्धार जारी, चिलिमेमा पावरहाउस नजिक पुग्यो टोली

“रसुवा बाढी : विपद् होइन, नेपालको पुनर्निर्माण नीति बदल्ने अवसर”

यूटीएलको लाइसेन्स संकट : ३० अर्बभन्दा बढी बक्यौता, अब खारेजी कि कानुनी लडाइँ?

अपराधसम्बन्धी कार्यक्रम चलाउने इजिप्टकी चर्चित प्रस्तोतासहित १२ जनालाई मृत्युदण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu