ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विपद् प्रतिकार्यका लागि नेकपाको २४ बुँदे प्रस्ताव


ABC NEWS
२१ भदौ २०८३, आइतबार   ९ : २५   बजे

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले रसुवाको भोटेकोसी र त्रिशूली नदीमा आएको बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि २४ बुँदे विशेष प्रस्ताव पारित गरेको छ।

आइतबार पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा केन्द्रीय कार्यालयमा बसेको बैठकले प्रभावित क्षेत्रको स्थलगत अनुगमनपछि देखिएका चुनौतीहरूलाई सम्बोधन गर्न उक्त प्रस्ताव पारित गरेको हो।

बैठकले बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल खोज, उद्धार र राहत वितरणलाई तीव्र बनाउन सरकारसँग माग गरेको छ। साथै, पीडितहरूका लागि अस्थायी आवास, व्यावसायिक राहत, र दीर्घकालीन रूपमा सुरक्षित आवास योजना लागू गर्नुपर्नेमा जोड दिइएको छ।

त्यस्तै, अवरुद्ध बनेका अत्यावश्यक सेवा तथा पूर्वाधारहरू तत्काल पुनः सञ्चालन गर्न, जोखिम मूल्याङ्कन गर्न, र राष्ट्रिय जलवायु तथा विपद् कोष स्थापना गर्न प्रस्ताव गरिएको छ।

विपद्को पूर्वसूचना प्रणाली सुदृढ बनाउने विषय प्रस्तावमा उल्लेख छ। द्रुत प्रतिकार्य टोली गठन गर्ने,अन्तर्राष्ट्रिय स्तरमा जलवायु न्यायका लागि आवाज उठाउने र राष्ट्रिय एकता कायम गरी विपद्को सामना गर्ने नेकपाको प्रस्तावमा उल्लेख छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

११ दिनपछि सुरुङबाट उद्धार गरिएका लु हाइताओको परिवारमा खुसी

२०८२ को मदन पुरस्कार राजभण्डारीलाई र जगदम्बाश्री खरेललाई

सम्बन्धित

विपद्मा नेपाल स्काउटको सक्रियता : एकताबद्ध भएर उद्धार, राहत र पुनर्स्थापनामा स्वयंसेवक

वैज्ञानिक निष्कर्ष : ‘हिमाल पग्लियो, नदीको धार फेरियो, अब विकासको मोडल बदल्नुपर्छ’

जलवायु परिवर्तनसँगै बढ्दै हिमाली विपद्को जोखिम

विपद् न्यूनीकरणका लागि जलाधार संरक्षणमा दीर्घकालीन लगानी आवश्यक

भोटेकोसी बाढीपछि नेपाललाई चीनको ‘एआई मौसम’ सहयोग

गोरखा बाढीपीडितलाई खाली घरमा राखिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu