काठमाडौं, ८ वैशाख । भारतको सूरतका एक हिरा व्यापारीका १२ बर्षका छोरा सांसारिक सुख त्यागेर सन्यास लिएका छन् ।
उनको यो निर्णयलाई परिवारका सदस्यले पनि साथ दिएका छन् । यी बच्चाको नाम भव्य शाह हो । यी ठूलो हिरा व्यापारीका छोरा हुन् । भव्यले सांसारिक सुख छाडेर दिक्षा लिने फैसला गरेका छन् ।
परिवारका सदस्य भव्यको निर्णयमा गर्व गर्छन । अव भव्यले साधरण जीवन जिउनेछन् । उनको दीक्षामा बिशाल शोभा यात्रा निकालियो । त्यसबेला उनी राजशैलीमा देखिए । बाहुबली फिल्मको थिमको आधारमा शोभा यात्रा निकालिएको थियो ।
भव्यको ठूली दिदीले पनि दुई बर्ष अगाडि यस्तै दीक्षा लिएका थिइन् ।
प्रतिक्रिया दिनुहोस्