काठमाडौं । साबिक विजेता आर्सनलले चेल्सीविरुद्ध २–१ को रोमाञ्चक जित दर्ता गरेको छ । आर्सनलले एक गोलले पछि परेको अवस्थालाई उल्टाउँदै इंग्लिस प्रिमियर लिगमा आइतबार चेल्सीविरुद्ध २–१ को रोमाञ्चक पुनरागमन जित दर्ता गरेको हो ।
इमिरेट्स रंगशालामा घरेलु टोली आर्सनललाई जित दिलाउन काइ हाभर्ट्ज र कप्तान मार्टिन ओडेगार्डले गोल गरे । चेल्सीका लागि मोर्गन रोजर्सले गोल गरे ।
खेलको दोस्रो मिनेटमै रोजर्सको गोलमार्फत चेल्सीले अग्रता लिएको थियो । २५औँ मिनेटमा हाभर्ट्जले आर्सनललाई बराबरीमा ल्याए ।दोस्रो हाफ सुरु भएको पाँच मिनेटमै ओडेगार्ड गोल गर्दा आर्सनल २–१ ले अगाडि बढ्यो । त्यसपछि थप गोल निस्कन सकेन ।
लगातार तेस्रो जितसँगै तीन खेलबाट नौ अंक जोडेको आर्सनल दोस्रो स्थानमा उक्लिएको छ । पहिलो हार व्होरेको चेल्सी समान खेलबाट ६ अंकका साथ चौथो स्थानमा छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्