काठमाडौं , ९ वैशाख। एमालेसँग पार्टी एकताको विषयमा छलफल गर्न माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठक अहिले बसिरहेको छ । आज दुई दलका शीर्ष नेताले एउटै मञ्चबाट एकताको सन्देश दिनुअघि माओवादी आन्तरिक छलफलमा जुटेको हो ।
दुई पार्टीबीच नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको दिन अर्थात् आज एकता घोषणा गर्ने तयारी थियो तर केही प्राविधिक विषयमा कुरा नमिलेपछि आज घोषणा नहुने भएको छ ।
यसबाट एकता हुने कि नहुने भन्ने अन्यौताका विच आज प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली तथा माओवादी अध्यक्ष प्रचण्डले एउटै मञ्चबाट छिट्टै एकता घोषणा हुने सन्देश दिँदैछन् ।
प्रतिक्रिया दिनुहोस्