ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौं, ललितपुर र भक्तपुर घर हुने सांसदका लागि दुःखद खवर


एबीसी न्यूज
९ बैशाख २०७५, आइतबार   ११ : १२   बजे

काठमाण्डौं, ९ वैशाख । संघीय संसद सचिवालयले काठमाडौं उपत्यकाभित्र घर हुने सांसदहरुको विवरण मागेको छ । काठमाडौं, ललितपुर र भक्तपुरभित्र घर हुने सांसदलाई आफ्नो घर भए सोको विवरण उपलव्ध गराउन भनिएको छ ।

सचिवालयले संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) का सांसदलाई आवास सुबिधा बापत महिनामा १८ हजार रुपैयाँ उपलव्ध गराउने ऐनमा व्यवस्था छ । यद्यपि, काठमाण्डौमा घर भएका सांसदहरुले समेत सो रकम लिएको विवरण संचारमाध्यममा सार्वजनिक भएपछि घर हुने सांसदको विवरण मागिएको हो ।

संसद सचिवालयले पहिलो चरणमा सबै सांसदलाई आवास सुबिधा बापत १८ हजार रुपैयाँ उपलव्ध गराइसकेको छ । तर काठमाडौंमा घर हुने माननीयहरुको विवरण सचिवालयमा आइसकेपछि साउनसम्म हिसाब मिलान गरिने सचिवालय स्रोतले जनाएको छ । घर हुने सांसदहरुले आवास सुबिधा नपाउने सचिवालयका अधिकारीले बताए ।

काठमाडौमा घर हुने सांसदलाई मर्मत खर्चका रुपमा ९ हजार रुपैयाँ उपलव्ध गराइने र घर नहुने सांसदले भने डेरा भाडा बापत मासिक १८ हजार रुपैयाँ पाउनेछन् । काठमाण्डौमा सांसदका लागि १८ हजार रुपैयाँ घरभाडा भने पर्याप्त नरहेको गुनासो घर नहुने सांसदहरुको छ ।
आफ्नो निजी आवास भएर पनि आवास सुविधा लिनु गैरकानुनी हुने र भोलि घर हुँदाहुँदै डेरा भाडा लिएको सार्वजनिक भएमा असूलउपर समेत गर्नुपर्ने भएकाले यथार्थ विवरण पेश गर्न सचिवालयले आग्रह गरेको छ ।

राज्यले आवास सुबिधा बापत घर नै दिइरहेका सभामुखले पनि आवास सुबिधा बापत २८ हजार २७५ रुपैयाँ पाउँछन् । त्यस्तै राष्ट्रियसभा अध्यक्षले पनि सभामुखकै जति सुबिधा पाउँछन् ।

प्रतिनिधिसभामा विपक्षी दलको नेता, उपसभामुख र राष्ट्रियसभा उपाध्यक्षले आवास सुबिधा बापत २५ हजार ६०८ रुपैयाँ पाउँछन् । राष्ट्रियसभामा विपक्षी दलको नेता, सत्तापक्षको नेता र मुख्य सचेतकले पनि २५ हजार रुपैयाँ नै पाउँछन् ।
विपक्षी दलका प्रमुख सचेतक, सत्तापक्षको प्रमुख सचेतक र संसदीय समितिका सभापतिले आवास सुबिधा बापत २५ हजार रुपैयाँ पाउने व्यवस्था छ भने संघीय संसदमा प्रतिनिधित्व गर्ने संसदीय दलका प्रमुख सचेतक, सत्तापक्षका सचेतक र विपक्षी दलका सचेतकले आवास सुबिधा बापत मासिक २४ हजार २६८ रुपैयाँ पाउँछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘विचौलियाले प्रहरी हेडक्वार्टर कब्जा गरेका छन्’ : सांसद सुनार

काठमाडौँ उपत्यकामा सार्वजनिक बसको लोकेसन र पुग्ने समय एपबाटै थाहा पाइने

सम्बन्धित

गरिमा विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण

बागमती सरकारमा राप्रपाको भूमिकाबारे मकवानपुरका पदाधिकारीकै असन्तुष्टि

देशभर मनसुनी वायुको प्रभाव, केही प्रदेशमा भारी वर्षाको सम्भावना

चितवनमा एक वर्षमा सात हजार कुखुराको पोस्टमार्टम, विभिन्न रोगको संक्रमण पुष्टि

गोरखामा चट्याङ लागेर ३५ वर्षीय युवकको मृत्यु

दीर्घ रावल नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu