काठमाडौं, ९ वैशाख । माओवादी अध्यक्ष प्रचण्डको निवास खुमलटारमा आज बसेको माओवादी केन्द्रीय कार्यालयको बिस्तारित बैठकले पार्टी एकताका लागि मिति तोक्नु उपयुक्त नहुने निष्कर्ष निकालेको छ ।
बैठकपछि संचारकर्मीसगं बोल्दै प्रवक्ता पम्फा भुसालले भनिन्, यति गते नै हुन्छ भन्नसकिन्न तर पाटी एकता हुन्छ , अलिकति समय लाग्छ ’
बैठकमा अध्यक्ष प्रचण्डले एमाले नेताहरुसँग एकताको विषयमा भइरहेको छलफलको प्रगतिबारे जानकारी गराएका थिए ।
सैद्धान्तिक, राजनीतिक र संगठनिक विषयमा विषयमा सहमति र समझदारी कायम गर्ने कुरामा सकारात्मक ढंगले कुराकानी अगाडि बढेको प्रचण्डले बैठकमा जानकारी गराएका थिए ।
माओवादी केन्द्रका एक नेताले भने ‘दुवै पार्टीका नेता, कार्यकर्ता र नेपाली जनताले अनुमोदन गरेको अहिलेको राष्ट«को आवश्यकता पार्टीको एकता सम्पन्न गर्ने कुरा सुनिश्चित छ । त्यो पार्टी एकता सिद्धान्तनिष्ठ, समानता, सम्मानजनक र न्यायोचित आधारमा एकता सम्पन्न हुनेछ ।’
बैठकमा केन्द्रीय नेताहरुले आफ्ना सुझाव राखेका थिए । प्रायः सबै नेताहरुले पार्टी एकता आवश्यक भएको बताएका थिए । जवाफमा प्रचण्डले नेताहरुको व्यवस्थापन नभएर एकता रोकिएको भन्ने कुरा सही नभएको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्