ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चूनाव जितेका जनप्रतिनिधी चेलीबेटि बेखविखन मुद्धामा जेल चलान


admin
९ बैशाख २०७५, आइतबार   ७ : ५३   बजे

काठमाडौं, ९ वैशाख । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष सुनबहादुर तामाङ चेलिबेटी बेचबिखानको आरोपमा आइतबार जेल चलान भएका छन् ।

काठमाडौं जिल्ला अदालतले नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनबहादुर तामाङलाई जगन्नाथ देवल कारागारमा चलान गर्न आदेश दिएपछि कारागार पठाइएको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जनाएको छ ।

तामाङले २०५३ सालमा दुई किशोरीलाई झापा हुँदै भारत बेच्न लगेको घटनामा अदालतले दोषी ठहर गरेपछि जेल चलान गरिएको हो ।

नुवाकोट जिल्ला अदालतले २०७४ चैत्र ७ गते तामाङलाई मानव बेचबिखन मुद्दामा ३७ वर्ष ६ महिना कैद र २ लाख ५० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।

सोही मुद्दामा उनलाई पक्राउ गरिएको सिआईबीले जानकारी दिएका छ । फैसला कार्यान्वायनका लागि सिआईबीले उनलाई आइतबार काठमाडौँ जिल्ला अदालतमा पेश गरेको थियो । अदालतले नुवाकोट अदालतको आदेश सदर गर्दै कारागार चलान गर्न आदेश दिएको हो ।

काठमाडौं जिल्ला अदालतले उनलाई २ महिनाअघि नयाँ मुद्दामा ८ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । त्यसविरुद्ध सरकारी वकिल कार्यालयले उच्च अदालतमा पुनरावेदन गरेको छ ।

सर्वोच्चले यसअघि उनलाई गएको बिहीबार तारेखमा रिहा गर्न आदेश दिएको थियो ।
नुवाकोट जिल्ला अदालतले ६ वर्ष कैद सजाय तोकेकोमा सर्वोच्चले उल्ट्याउँदै छाड्न आदेश दिएको थियो । त्यस मुद्दाको अभियुक्त आफ्नो बुवा नभएको भन्दै सुनबहादुरका छोराले बन्दी प्रत्यक्षीकरण मुद्दा हालेपछि सर्वोच्चले छाडेको थियो ।

तर सीआईबीले तामाङलाई छुटे लगत्तै फेरि अर्को मुद्धामा पक्राउ गरेको थियो । अहिले सोही दोस्रो मुद्धामा नुवाकोट अदालतले गरेको ३७ वर्ष ६ महिना कैद र २ लाख ५० हजार रुपैयाँ जरिवानाको सजायका लागि तामाङलाई जेल चलान गरिएको हो ।

वडाध्यक्ष तामाङविरुद्ध मानव बेचबिखन सम्बन्धी अन्य २ मुद्दा पनि अदालतमा विचाराधिन छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group