काठमाडौं, ११ वैशाख । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकको आर्थिक विकास र समृद्धिलाई गति दिन सम्पुर्ण राजनीतिक नेतृत्वले जिम्मेवारी पुरा गर्नुपर्ने बताउनुभएको छ ।
राजधानीमा आज भएको समृद्धिका लागि सहकार्य, राष्ट्रका निम्ति अपरिहार्य कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले मुलुकमा प्रकृतिले दिएको बरदानलाई समदुपयोग गर्न सबै पक्ष मिल्नुको विकल्प नभएको बताउनुभयो । उहा“ले पहिलेका शासकहरुले विकासका आधार तयार नपारेको भएपनि अब भने त्यो आधार बनेको जिकिर गर्दै अस्थिर सरकारले राष्ट्रको हितमा काम गर्ने दाबी गर्नुभयो । अहिले नेपाली कामदारहरु खाडी मुलुकमा गएर श्रम बेच्नुपरेको भएपनि अबका केही वर्षमा नेपालले विदेशमा विज्ञता बेच्ने तर्क गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय सभाका सदस्य तथा माओवादी केन्द्रका नेता दीनानाथ शर्माले अहिलेसम्म नेपालीको शिक्षा विदेशीलाई सेवा दिन मात्र भएको भन्दै स्वदेशमा प्रयोग गर्ने वातावरण अब बन्नेमा ढुक्क हुन आग्रह गर्नुभयो । पूर्वशिक्षा मन्त्री समेत रहनुभएका शर्माले राष्ट्रलाई भन्दापनि पैसालाई महत्व दिएकै कारण राष्ट्र निर्माणमा ढिलाई भएको टिप्पणी गर्दै सकरात्मक सोचको विकास गरि सबै पक्ष मिलेर मुलुकलाई समृद्ध बनाउन लाग्नुपर्ने जिकिर गर्नुभयो ।
कार्यक्रममा मुलुकको विकास, समृद्धि र प्रगतिको लागि कृषि, पर्यटन र जडिबुटीलाई मुख्य प्राथमिकता दिएर नीति नियमहरु बनाउनुपर्नेमा जोड दिइएको थियो । कार्यक्रममा विभिन्न सामाजिक क्षेत्रमा योगदान पु¥याएका व्यक्ति, विद्यलाय, सामाजिक संस्था तथा उद्यमी र उद्योगीलाई सम्मान समेत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्