झापा, ११ वैशाख । ट्रिपरको ठक्करबाट स्कुटरमा सवार एक दम्पतीको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनकुटा ४ निवासी ४२ बर्षीय राजेश श्रेष्ठ र उनका श्रीमती ३३ बर्षीया पुष्पा श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
दुर्घटनामा परी १६ बर्षीय छोरा रोशन श्रेष्ठ गम्भिर घाइते भएका छन् । उनको हाल बिर्तामोडस्थित बीएण्डसी हस्पिटलमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक बस्नेतले जानकारी दिए ।
उनका अनुसार पूर्व– पश्चिम राजमार्ग अन्तरगत झापाको कनकाइ नगरपालिका १ स्थित दुर्गापुरमा पूर्वबाट पश्चिमतर्फ जार्दै गरेको तीनै जना सवार को १६ प नम्बरको स्कुटरलाई ना ५ ख ८०१८ नम्बरको ट्रिपरले ठक्कर दिएको थियो । ट्रिपरको ठक्करबाट श्रीमान श्रीमतीको घटनास्थलमै मृत्यु भएको उनले बताए ।
यता ट्रिपरसहित चालक ३६ बर्षीय मोहन बिमलीलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रण लिएर अनुसन्धान सुरु गरेको छ ।
प्रतिक्रिया दिनुहोस्