ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आयल निगमले २० करोड घोटाला गरेर किनेको जमिन डुबानमा (भिडियो)


admin
२० श्रावण २०७४, शुक्रबार   ८ : ३८   बजे

भैरहवा २० साउन । रुपन्देहीको भैरहवा परासि सडक खण्डको रोहिनी नदी किनारमा नेपाल आयल निगमले तेल भण्डारणका लागि खरिद गरेको जग्गा डुवानमा परेको छ ।

बिहीबारदेखिको लगातारको वर्षाका कारण रोहिणी नदीमा उर्लिएको बाढी निगमले किनेको जमिन डुबानमा परेको हो । निगमले महंगो मुल्य तिरेर किनेको त्यो जमिन खासमा रोहीणी नदिको बगर हो । आयल निगमले खरिद गरेको जग्गा र नदीको सतह बराबर नै भएकाले बर्षतको समयमा हरेक साल ढुवानमा पर्ने गर्दछ ।

रूपन्देहीको साविकका धकधई, पट्खौली र बसन्तपुर गाविसमा करिब साढे १४ विगहा जग्गा निगमले गएको असारमा खरिद गरेको थियो । त्यसमध्ये १४ कठ्ठा जग्गा बगर नदीकै बगर जग्गा हो । जहाँ पहिला रोहिणी नदी बग्दथ्यो । त्यही नदीले पश्चिमतर्फ कटान गरेपछि पूर्वतर्फ बगर बनेको थियो । अहिले नदीको उर्लिएको भेल निगमको जग्गाबाट बगेको छ । भू–माफियासँग चलनचल्तीको मूल्य भन्दा दोब्बर बढीमा निगमले जग्गा खरिद गरेको थियो ।

ओमसतिया गाउँपालिका वडा नं ४ र ५ मा पर्ने रोहणी नदी किनारको चल्तीको न्यूनतम मूल्य साढे एक लाखदेखि तीन लाख रूपैयाँ पर्दछ । तर निगमले दशदेखि १३ लाख रूपैयाँमा खरिद गरेको छ । निगमले एक सय चार कित्ता जग्गा ३१ करोड ४० लाख ७९ हजार २० रूपैयाँमा खरिद गरेको मालपोत कार्यालय भैरहवाको रेकर्डमा छ ।

 

 

 

१४ बिघामा किन्दा १९ करोड घोटाला
मालपोत कार्यालयका अनुसार निगमले किनेको जमिन औसतमा प्रति कठ्ठा ४ लाख ११ हजार पर्न जान्छ । यो आधारमा १ बिघा जमिनको मुल्य ८२ लाख २० हजार हुन्छ भने निगमले खरिद गरेको १४ बिघा जमिनको मुल्य ११ करोड ५० लाख ८० हजार पर्छ । तर, निगमले ३१ करोड ४४ लाख ५६ हजार १ सय तिरेको छ । यो हिसावले निगमले जग्गा खरिद गर्दा १९ करोड ९३ लाख ७६ हजार १ सय घोटाला भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘हुबहु भाषणलाई ट्रोल बनाइएपछि दुईपटक आत्महत्याको प्रयास गरेँ’

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

सम्बन्धित

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu