ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हैरान पिता, ९ सन्तानको बाबु बनेपछि बाँझो भएको थाहा पाए..


admin
११ बैशाख २०७५, मंगलबार   ८ : १०   बजे

एजेन्सी, ११ वैशाख । मोरक्कोका एक पुरुषले ९ सन्तानका बाबु बनेपछि आफू बाँझो भएको थाहा पाएका छन् । नियमित चेकजाँचका क्रममा पुरुषले आफू जीवनको अधिकांश समय बाँझो रहेको पत्ता लागेपछि आफूले हुर्काइरहेको ९ सन्तान आफ्नो नभएको थाहा पाएका हुन् ।

यसको उद्घाटन भएसंगै उनले हालै आफ्नी श्रीमतीबिरुद्ध अनैतिक सम्बन्धको आरोप लगाएर मुद्दा हालेका छन् ।

मोरक्कोको एक सानो सहर सिदी सिल्मनमा बस्ने ती पुरुष प्रध्यापन पेसामा संलग्न छन् । उनको दाहिने अण्डकोषमा सानो गाँठो ९सिस्ट० थियो, जुन उनका अनुसार वर्षौं पहिलेदेखिनै थियो ।

चिकित्सकले सिस्टको थप जाँच गर्ने निधो गरे । जाँचबाट सिस्ट खतरनाक नभएको पुष्टि भयो तर त्यसैको कारणले प्रध्यापकमा एक खालको बाँझोपन भएको पत्ता लाग्यो ।

तर, समस्या अर्कै कुरामा निस्कियो । उनी विगत ३५ वर्षदेखि विवाहित थिए र उनका ९ बच्चा थिए ।

मोरक्कोको समाचारपत्र अल–मस्साईको रिपोर्ट अनुसार समाचार लगतै उनी सम्बन्धविच्छेदका लागि कुदेनन् । पहिले त उनलाई यो नतिजामा विश्वास लागेन । उनले थप अन्य जाँचहरु गराए । तर, त्यसबाट पनि उनी बाँझो रहेको पुष्टि भयो ।

यो रहस्योद्घाटनबाट उनलाई नराम्रो धक्का लाग्यो । त्यसपछि उनले वकिललाई सम्पर्क गरेर आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेदको लागि मुद्दा हाले । मुद्दामा उनले ३५ वर्षदेखिकी श्रीमतीलाई अनैतिक सम्बन्धको आरोप लगाएका छन् । यसका साथै उनले आफूले हुर्काइ रहेको ९ बच्चा परित्यागको माग गरेका छन् ।

पुरुषले अदालतमा आफू बाँझो भएको र कुनै पनि बच्चा आफ्नो नभएको बताए । यसको प्रमाण चाहिएमा उनले आफू मेडिकल जाँच गर्न तयार रहेको भनेका छन् ।

तर, अदालतले पुरुष आफैले गराएको चिकित्सकीय जाँचलाई अनुसन्धान गरेको थियो । थप अनुसन्धानबाट उनको रिपोर्टहरु साँचो निस्कियो । उनको वीर्य जाँचमा उनको वीर्यमा शुक्रकिट देखिँदै देखिएन । यसका साथै जैविक विश्लेषणले उनलाई बाँझो बनाउने अण्डकोषमा रहेको गाठो विगत पचास वर्ष देखि उनको शरीरमा भएको पुष्टि भएको थियो ।

मुश्लिम बहुल देश मोरक्कोमा अनैतिक सम्बन्ध लागि कडा सजायको व्यवस्था छ । यदी ती पुरुषकी श्रीमती दोषी पाइएमा उनलाई जेल सजाय हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

माईतीघरमा विद्यार्थीको सरकारमाथि व्यङ्ग्य – ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’

सम्बन्धित

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

इन्स्टाग्राममा बाल यौन दुर्व्यवहार सामग्रीको विज्ञापन! बीबीसीको अनुसन्धानपछि मेटामाथि गम्भीर प्रश्न

प्रधानमन्त्रीको धार्मिक झुकावपछि सेनापतिको अध्यात्म मोह चर्चामा, परम्परा कि नयाँ संकेत ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu