ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

३३ केजी सुनकाण्डमा प्रहरी उपरीक्षक विकासराज खनाल मन्त्रालयबाटै पक्राउ


एबीसी न्यूज
११ बैशाख २०७५, मंगलबार   ९ : २६   बजे

काठमाडौं, ११ वैशाख । गत फागुन १८ गते मोरङका सनम शाक्यको हत्यापछि नेपालमा हुने सुन तस्करीमा प्रहरीका उच्च अधिकारी नै मुछिन थालेका छन्। तस्करी गरेर ल्याएको साढे ३३ किलो सुन बाटोबाटै गायब पारेको भन्दै सुन भरिया शाक्यको हत्या भएको प्रहरी अनुसन्धानमा देखिएको छ।

गृह मन्त्रालयले बनाएको छानबिन समितिले यही विषयमा महानगरीय अपराध महाशाखाका तत्कालीन प्रमुख दिवश लोहनीको सरूवा गरेको छ ।  चैत २८ गते अवकाश पाएका पूर्वडिआइजी गोविन्द निरौलालाई हिरासतमा लिएर अनुसन्धान थालेको  छ भने प्रहरी उपरीक्षक विकासराज खनाल लाई प्रहरीले आजै  मन्त्रालयबाटै नियन्त्रणमा लिएको छ ।

सनमसहित यो प्रकरणमा जोडिएका थप दुई जनाले पनि ज्यान गुमाइसकेका छन्। थाइ एयरवेजका वरिष्ठ टेक्निसियन सानु वनको विमानस्थल भित्रै दुर्घटनामा परेर मृत्यु भयो। वनको मृत्यु भएको हो कि हत्या भन्ने विषयमा अनुसन्धान जारी छ।

सुन प्रकरणकै विषयमा अनुसन्धान गर्न हिरासतमा लिइएका विमानस्थलमा कार्यरत लोडर प्रेमराज चौधरीले सिंहदरबार प्रहरी वृत्तमा आत्महत्या गरेका छन्।

तीन जनाको मृत्यु र उच्च प्रहरी अधिकृत मुछिएको यो सुन प्रकरणका दिन प्रतिदिन रहस्यमय बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देउवाले सर्वोच्चमा पेस गरेको रिट फिर्ता लिए, सोमबार पुनः दर्ता गर्ने तयारी

जेनजी आन्दोलनमा क्षतिग्रस्त कास्की जिल्ला अदालतको नयाँ भवन बन्ने

सम्बन्धित

महासंघले श्रम कानुन समयानुकूल बनाउन सरकारसँग माग

कैलालीमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष २ लाख घुससहित पक्राउ

साउनमा एलपीजी ग्यासको आयात दोब्बरभन्दा बढी, ८ अर्ब ४६ करोडको ग्यास भित्रियो

सीजी इलेक्ट्रोनिक्सद्वारा एलजी कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना

लगानी बोर्डको सीईओ नियुक्त भएको १६ दिन बित्दा पनि याङ्कीले सम्हाल्न पाइनन् पद

साउनमा नेपालको वैदेशिक व्यापार ३५ प्रतिशतले बढ्यो, व्यापार घाटा १ खर्ब ४८ अर्ब

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu