काठमाडौँ, १२ वैशाख। सर्वोच्च अदालतले महर्जन बिजनेश एसोसियट्स प्रालिको वसन्तपुरमा बन्दै गरेको व्यापारिक भवनको निर्माण कार्य तत्काल रोक्न आज अन्तरिम आदेश जारी गरेको छ ।
सर्वोच्चका न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले पुरातात्विक सम्पदा क्षेत्रमा तत्काल निर्माणको कामलाई अगाडि नबढाउन अन्तरिम आदेश दिएको सर्वोच्चका प्रवक्ता नारायणप्रसाद पन्थीले जानकारी दिनुभयो ।
जनहित संरक्षण मञ्चका कार्यकारी निर्देशक एवं वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले प्राचीन स्मारक संरक्षण ऐन–२०१३ विपरीत भवन निर्माण भएकाले तत्काल निर्माण रोक्न माग गदै सर्वोच्चमा गत सोमबार रिट दायर गर्नुभएको थियो । अदालतले आगामी आइतबार दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।
प्रतिक्रिया दिनुहोस्