ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टी एकता वैशाख १८ या २२ गते हुने : परराष्ट्रमन्त्री ज्ञवाली


admin
१३ बैशाख २०७५, बिहिबार   ११ : ४४   बजे

पाल्पा, १३ वैशाख । नेकपा एमालेका सचिव एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गते अन्तराष्ट्रिय श्रमिक दिवशको दिन बैशाख १८ गते वा कार्ल माक्र्स जन्मजयन्ती बैशाख २२ गतेको दिन एकता घोषणा गर्ने तयारी भएको बताउनुभएको छ ।

अगुवा कार्यकर्तालाई आज सम्बोधन गर्दै सचिव एवं परराष्ट्रमन्त्री ज्ञवालीले एमाले र नेकपा माओवादी केन्द्र विच एकताको लागि अधिकाशं विषयमा सहमति जुटिसकेको र केही विषयलाई मात्र दुवै पार्टीका अध्यक्षले टुङ्गाउनु पर्ने भएकोले केही दिन ढिलाई भएको बताउनुभयो । मन्त्री ज्ञवालीले पार्टी एकताको विषयमा शंका उपशंका नगर्न कार्यकर्ताहरु लाई आग्रह गर्नुभयो ।

वैशाख २८ गते हुन लागेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री ओलीको भारत भ्रमणको समयमा दुवै देशबीच भएका सहमति व्यवहारिक रुपमा कार्यान्वयन गर्ने विषयमा छलफल हुने उहाँले जानकारी गराउनुभयो । यस्तै, कृषि साझेदारी र रेल सम्भाव्य अध्ययनको विषयमा सम्झौता हुने गरी तयारी भएको उहाँले बताउनुभयो ।

भारतीय प्रधानमन्त्री मोदी भ्रमणका समयमा संसद अधिवेशन नभएकोले संसदमा संम्वोधन गर्ने कुनै कार्यक्रम नभएको मन्त्री ज्ञवालीले जनाउनुभयो ।

अर्को प्रसंगमा तीन वर्षदेखि बन्द अवस्थामा रहेको तातोपानी नाका खुलाउने विषयमा चिनिया पक्षसँग उच्चस्तरीय कुराकानी भएको परराष्ट्रमन्त्री ज्ञवालीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group