काठमाडौं, ३ वैशाख । चीनको मोस्ट वान्टेड सूचिमा भएकी एक महिला काठमाडौंको बौद्धमा पक्राउ परेकी छन् ।
करोडौं रकम हिनामिना गरेको आरोपमा प्रहरीको खोजी सूचीमा रहेकी झाङ गायुनलाई नेपाल प्रहरीको महानगरीय प्रहरी वृत्त, बौद्धको टोलीले पक्राउ गरेको छ ।
परिसरका डिएसपी मोहन थापाका अनुसार गायुनको नाममा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूजन नोटिस जारी भएको थियो ।
प्रतिक्रिया दिनुहोस्