रौतहट, १३ वैशाख । दुई नावालिकलाई जवरर्जस्ती करणी गरेको आरोपमा रौतहट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको गुजरा नगरपालिका ८ का ३५ बर्षिय रमेश रामले सोही स्थानका ५ र ६ बर्षीय नावालिकलाई घरपछाडिको बाँस घारीमा लगेर जवरजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख शान्तीराज कोईरालाले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्