रुपन्देही, १४ वैशाख । बुटवलमा लागुऔषधसहित ४ जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार कास्की पोखराका ३२ वर्षका प्रकाश गुरुङ , २४ वर्षका सफल पुन, २८ वर्षका विजय जलारी र २५ वर्षका तेज गुरुङ पक्राउ परेका छन् ।
बुटवल ट्राफिकचोकमा शंका लागेर चेकजाँच गर्नेक्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुबाट प्रहरीले फेनारगन, टालजेसिक, नुफिन, नाइट्रोसन लगायतका लागुऔषध बरामद गरेको छ ।
प्रतिक्रिया दिनुहोस्