दैलेख, १४ वैशाख । दैलेखको नौमुले गाउँपालिका कार्यालयमा उपाध्यक्षले गाउपालिकाको काम कारवार्ही पारदर्शी नभएको भन्दै ताला लगाएकी छिन्।
बिहीबार बिहान गाउँकार्यपालिकाको बैठकमा विकास योजना र निर्णयहरू पारदर्शीता नभएको भन्दै उपाध्यक्ष अमृती सिंहले तालाबन्दी गरेकी हुन्। बैठक सकिए लगत्तै उपाध्यक्ष सिंहले अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतको ढोकामा ताला लगाएकी हुन्।
न्यायिक समितिको संयोजक भएर पनि काम गर्न नपाएको तथा कानुन पढेको मान्छे सहयोगिका लागि राखौं भन्दा कहिले पनि सुनुवाई भएन्, विकास निर्माण देखी कार्यपालिकाका निर्णय समेत लुकाइयो सवै अधिकार अध्यक्षले आफूसंग राखेको र आफ्नो अधिकार विहिन भएको हुदा तालबन्दी गरेको सिंहले बताइन ।
प्रतिक्रिया दिनुहोस्