काठमाडौं ,१४ वैशाख । काठमाडौंतर्फ आउँदै गरेको ग्यास बुलेट त्रिशूली नदीमा खसेको छ । गजुरी गाउँपालिका–२ फुर्केखोला र मलेखुको बीचमा बीआर ५५ क्यूएच ८६३० भारतिय नम्बरको ग्यास बुलेट आज शुक्रबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा १ जनाको ज्यान गएको छ ।
बुलेटका चालक भारत जब्बु रजौरीका ३६ वर्षीय सुरेन्द्र सिंहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
बिहान ७ बजे अनियन्त्रित भएर दुर्घटना भएको बुलेट सडकबाट १५ मिटर तल त्रिशूली नदीमा खसेको र त्यस बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्