चितवन, १४ वैैशाख । प्रहरी हौँ भन्दै रकम उठाउँदै हिँडेका ३ जनालाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको छ ।
पक्राउन पर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर १० बस्ने टुकमान घले, वडा नम्बर २ बस्ने असमान गुरुङ र सुनिल मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
नारायणगढको पुल्चोकमा व्यपारीहरुसँग रकम मागीरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी प्रभु ढकालले बताउनुभयो ।
सादा पोशाकका प्रहरी हौँ भन्दै सर्वसाधरण र व्यपारीसँग धम्काउने र रकम माग्ने गरेको पाइएको बताउँदै ढकालले थप अनुसन्धान भइरहेको र कानुनी प्रकृया अगाडि बढाइएको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्