ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भवन निर्माणका लागि नयाँ ऐन कानून आवश्यक : मुख्यमन्त्री पौडेल


एबीसी न्यूज
१४ बैशाख २०७५, शुक्रबार   १२ : १३   बजे

 

हेटौँडा, १४ वैशाख। प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भूकम्पबाट प्रभावित जनतालाई यथाशीघ्र भवन निर्माण गर्न ऐन कानून तत्काल बाधक रहेको भए प्रान्तीय मुख्यमन्त्री तथा मन्त्रिपरिषद्ले नयाँ ऐन कानून तर्जुमा गर्न सरकार अहिले जिम्मेवार हुनेछ भन्नुभयो ।

मुख्यमन्त्री पौडेले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण काठमाडौँद्वारा आज यहाँ आयोजित प्रदेश नं ३ स्तरीय पुनःनिर्माणसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रभावित क्षेत्रका जनतालाई तत्काल भवन निर्माण गर्ने क्रममा प्राधिकरणबाट भएका ढिलासुस्तीलाई आत्मसमीक्षा गरी वास्तविक भूकम्पबाट पीडित जनताको तथ्याङ्क संकलन गर्न स्थानीय निकायका निर्वाचित जनप्रतिनिधिलाई जिम्मेवार बनाइनु पर्ने बताउनुभयो ।

उहाँले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आफ्नो भूमिकालाई छिटो छरितोका साथै आर्थिक पारदर्शीताका साथ जनतालाई तत्काल सहयोग उपलब्ध गराई भवन निर्माण कार्यलाई तीव्रता ल्याउन प्रदेशस्तरीय सरकारलाई समन्वय, सहकार्य गर्न आवश्यक रहेको छ भन्नुभयो ।

सो अवसरमा प्रदेश नं ३ प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले तीन वर्षअघिदेखि भूकम्पबाट प्रभावित जनतालाई आवास निर्माणमा पुनःनिर्माण प्राधिकरण र संघीय केन्द्रीय सरकारबाट हुँदै आएको कार्यसम्पादनलाई सम्बन्धित प्रदेशसभा र प्रदेश सरकारको तर्फबाट गर्ने गरी आवश्यक ऐन कानून पारित गरिने बताउनुभयो ।

उहाँले भूमिहीन र ऐलानी जग्गामा बसेका जनतालाई कुनै प्रमाण पुग्ने जग्गाको प्रमाणपत्र उपलब्ध गराएर सरकारले दिँदै आएको अनुदान र सेवा उपलब्ध गराउन पुनःनिर्माण प्राधिरणलाई आग्रह गर्नुभयो ।

सो अवसरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारिणी अधिकृत युवराज भुसालले प्राधिकरणले हालसम्म भूकम्पबाट पीडित जनताका लागि गरिएका कामको विवरण प्रस्तुत गर्दै आर्थिक अनुशासन पारदर्शीताका साथै पीडित परिवारलाई अनुदान रकम, सेवा, सुविधा उपलब्ध गराइएको उल्लेख गर्दै अहिले सार्वजनिक विद्यालय, राष्ट्रिय महत्वका सम्पदाको पुनःनिर्माणका लागि सम्बन्धित प्राविधिक जुटिरहेको र छिट्टै निर्माण कार्य सम्पन्न गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले निर्देशन दिएको जानकारी दिनुभयो ।

त्यस अवसरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका उपसचिवद्वय मनोहरप्रसाद घिमिरे र कृष्णकुमार भूषणले प्राधिकरणबाट भएका निर्माण कार्यका प्रगतिका बारेमा छुट्टाछुट्टै तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो । सो छलफल कार्यक्रममा प्रदेश नं ३ का मुख्यमन्त्री, मन्त्री, प्रदेश नं ३ का प्रदेशसभाका सदस्य र जिल्ला समन्वय समिति, नगरपालिका प्रमुख उपप्रमुखको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिरोले पोखरा–सिक्लेस सडक अवरुद्ध, पर्यटकलाई यात्रा नगर्न आग्रह

आज राति पनि वर्षाको सम्भावना, कोसी–बागमती–गण्डकीका केही स्थानमा भारी वर्षाको चेतावनी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Seven Killed in UK Crash Involving Vehicle Driving on Wrong Side of Road

South Korea Launches First Arctic Container Ship Voyage

Nepal Minister Inspects Flood Control Project, Calls for Integrated Approach

TikTok Reaches $400 Million Settlement in US Child Privacy Case

Nepal Prime Minister Visits Muktinath Temple in Mustang

Right-Wing Surge in Latin America Coincides with Trump’s Foreign Policy

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu