ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिंहदरवार या भीभीआईपी सहभागी कार्यक्रममा जाँदै हुनुहुन्छ ? फोन सेवा आफै बन्द हुन्छ ।


एबीसी न्यूज
१४ बैशाख २०७५, शुक्रबार   २ : ४९   बजे

काठमाडौं, १४ बैशाख । तपार्ईं मोबाइल फोन बोकर सिंहदरवार या भीभीआईपी सहभागी कार्यक्रममा जाँदै हुनुहुन्छ ? यदि जाँदैहुनुहुन्छ भने तपार्ईंले बोकेको मोबाइलबाट जतिबेला पायो त्यतिवेला फोन सम्पर्क नहुन पनि सक्छ ।

हो, सिंहदरवार या बालुवाटारमा क्याविनेट लगायतका महत्वपूर्ण बैठक बस्दा ‘जामर’ प्रयोग गर्न थालिएको छ । ‘जामर’ प्रयोग भएपछि निश्चित क्षेत्रमा मोबाइल फोन सम्पर्क हुँदैन ।

नेपाल टेलिकमको अनुमतिमा यो प्रविधि प्रयोग गर्न सकिन्छ । यहि कारण शुक्रबार सिंहदरवारस्थित प्रधानमन्त्रीको कार्यलय र आसपासमा २ घण्टा मोबाइलमा सम्पर्क हुन सकेन ।

प्रधानमन्त्रीको कार्यालय र त्यसको ५० मिटर वरपर शुक्रबार बिहान १० बजेदेखि १२ बजेसम्म मोबाइल फोन सम्पर्क नभएपछि यसको रहस्य खुलेको हो ।

शुक्रबार विहान नौ बजे मन्त्रिपरिषद बैठक बोलाइएको थियो । तर, बैठक १० बजेमात्रै सुरु भयो । ‘जब मन्त्रिपरिषद बैठक सुरु भयो त्यसपछि फोन लाग्दैलागेन, किन हो भनेर सोध खोज गर्दा कसैले पनि बताएनन्’ रिपोर्टिङमा गएका एक पत्रकारले सुनाए ।
सूचना चुहिने भन्दै प्रधानमन्त्री कार्यलयकै योजनामा महत्वपूर्ण बैठकबस्दा ‘जामर’ लगाउने गरिएको स्रोतले बतायो । गृहप्रवक्ता रामकृष्ण सुवेदीले भीभीआइपीको मुभमेन्ट हुँदा निश्चित क्षेत्रमा ‘जामर’ प्रयोग हुने गरेको स्वीकारे ।

उनले भने हाल मात्रै नभएर पहिल्यैबाट त्यस्ता स्थानमा जामर प्रयोग हुने गरेको दाबी पनि गरे । उनले भने ‘अहिलेमात्र होइन, भीभीआईपीको मुभमेन्ट भएका बेला पहिलेदेखि नै जामर प्रयोग हुँदै आएको हो, त्यो आवश्यक्ता अनुसार प्रयोग गर्ने गरिन्छ ।’
यद्यपी प्रवक्ता सुवेदीले यस्तो दावी गरेपनि यसअघि सिंहदरवारमा क्याविनेट बस्दा मोवाइल सम्पर्कमा समस्या आएको गुनासो उठेको थिएन् ।

के हो मोबाइल जामर ?
मोबाइल फोन जामरले मोबाइल फोनले उत्सर्जन गर्ने बराबरको रेडियो फ्रिक्वेन्सी उत्सर्जित गर्दछ । यसका कारण मोबाइल फोन र मोबाइलको आधार स्टेशनकाबीचको सञ्चार टुट्छ जसले गर्दा जामरको रेन्जमा रहेका सबै मोबाइल फोनहरु अबरुद्ध हुनेगर्छन् ।

जामरलाई जुनसुकै स्थानमा पनि राख्न सकिन्छ । तर, विशेष गरेर ती स्थानमा राखिन्छ जहाँ हुने कामको प्रकृति मोबाइल कलले अबरोध पुराउने खालको हुन्छ ।

जामरले आधिकारिक मोबाइल सेवालाई अबरोध पु¥याउने भएकाले लाइसेन्स नलिइकन जामरको प्रयोगलाई धेरै देशहरुमा अपराध मानिन्छ । प्रयोगमा हुँदा यस्तो उपकरणले इमरेन्जी सेवालाई पनि अवरोध पु¥याउँछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिरोले पोखरा–सिक्लेस सडक अवरुद्ध, पर्यटकलाई यात्रा नगर्न आग्रह

आज राति पनि वर्षाको सम्भावना, कोसी–बागमती–गण्डकीका केही स्थानमा भारी वर्षाको चेतावनी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Seven Killed in UK Crash Involving Vehicle Driving on Wrong Side of Road

South Korea Launches First Arctic Container Ship Voyage

Nepal Minister Inspects Flood Control Project, Calls for Integrated Approach

TikTok Reaches $400 Million Settlement in US Child Privacy Case

Nepal Prime Minister Visits Muktinath Temple in Mustang

Right-Wing Surge in Latin America Coincides with Trump’s Foreign Policy

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu