काठमाडौ, १४ वैशाख । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादबको घरमा बम बिष्फोट गराएको आरोपमा ललितपुर प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरु छन्।
प्रहरीले पार्टीको लतिलपुर जिल्ला सेक्रेटरी भिमसेन घिमिरे लगायत बाबुराम राई, धिरेन्द्र कुमारी उपाध्याय,सफल बाबु कुँवर, र विकास महर्जनलाई पक्राउ गरेको हो ।
घिमिरेलाई बिहिबार नै प्रहरीले अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ। पक्राउ परेका अन्यलाई शुक्रबार अदालतमा उपस्थित गराइने महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी नरेन्द्र चन्दले बताए।
यादबको धापाखेलस्थित घरमा गत आइतबार साँझ बम बिष्फोट गराइएको थियो। बिष्फोटमा मानवीय क्षती नभएपनि घरका सिसाहरु र पर्खाल भत्किएको थियो।
प्रतिक्रिया दिनुहोस्