काठमाडौं, १४ वैशाख । प्रधानमन्त्री एवंम एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आजशुक्रबार साँझ छलफलमा जुटेका छन् ।
यही वैशाख ९ गते लेनिन दिवसका अवसरमा पार्टी एकता गर्ने भनिएपछि एकता टरेपछि पुनः एकताको नयाँ मिति तय गर्न र मिलेका विषयको सहमति खोज्न अध्यक्षद्वय बालुवाटारमा छलफलका लागि भेटवार्ता गरेका हुन् ।
माओवादी अध्यक्ष प्रचण्डले पार्टी एकताको मिति शुक्रबार नै तोकिने चितवनमा बताएका थिए तर, शुक्रबार एकताको मिति घोषणा हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्