काठमाडौं, १५ वैशाख । राजधानीको नयाँ बानेश्वरस्थित सुकुम्बासी बस्तीमा दुई नाबालकको हत्या गरेको अभियोगमा दिलीप यादव पक्राउ परेका छन् ।
हत्यामा संलग्न यादवलाई सिराहाको मार्डर चोकबाट नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) धिरज प्रताप सिंहले जानकारी दिएका छन् ।
हत्या गरेर खाटमुनी लुकाएर राखेको अवस्थामा ६ बर्ष र ८ बर्षका दुई नावालकको शव शुक्रवार फेला परेको थियो । घटनास्थलबाट बरामद दुई नावालकको शव पोष्टमार्टमका लागी टिचीङ हस्पिटल पठाईएको छ ।
श्रीमानले छाडेका सम्झना सरदारसँग दिपील केही समय अघिदेखि एकतर्फी प्रेममा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
बिराटनगर स्थित एक होटलमा काम गर्दै आएकी संझनालाई दिलीपले एक महिनाअघी होटलको काम छाडेर आफूसँग आउन दवाव दिएको र नआए बच्चा मारिदिने धम्की समेत दिएको एसएसपी सिंहले बताए ।
महाशाखा प्रमुख सिंहले भने, ‘सम्झना र दिलीपले विवाह गरिसकेको कुरा पुष्टि भैसकेको छैन, एक महिनाअघि उनले बच्चा मारिदिने धम्की दिएको खुल्न आएको छ, हामी थप अनुसन्धान गरिरहेका छौं ।’
प्रतिक्रिया दिनुहोस्