ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आक्रमणकारीलाई पक्राउ गर्न नेता नेपालको आग्रह


एबीसी न्यूज
१५ बैशाख २०७५, शनिबार   ६ : ५५   बजे

भक्तपुर, १५ वैशाख । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का नेता माधवकुमार नेपालले मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई आक्रमण गर्ने आक्रमणकारीलाई तत्काल पक्राउ गर्न प्रहरीसँग आग्रह गर्नुभएको छ ।

मध्यपुरथिमिस्थित नेपाल कोरिया मैत्री अस्पताल पुगेर गत वैशाख ८ गते शनिबार सांघातिक आक्रमणमा घाइते हुनुभई उपचाररत नगरप्रमुख श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उहाँले महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख किरण राणालाई फोनबाटै आक्रमणकारीलाई तत्कालै पक्राउ गर्न आग्रह गर्नुभएको हो ।

उहाँले फोनबाटै भन्नुभयो–“एसपी साहेब, जनप्रतिनिधिलाई आक्रमण गर्ने आक्रमणकारी आठ दिन बित्दा पनि किन पक्राउ परेनन्, आक्रमणकारीलाई तत्काल पक्राउ गर्नुस् ।”

प्रहरी उपरीक्षक राणाले आक्रमणकारीको पहिचान भइसकेकाले खोजी भइरहेको र केही दिनभित्रै पक्राउ गर्ने बताउनुभएको नेपालले प्रमुख श्रेष्ठलाई जानकारी गराउनुभयो ।

आजै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, एमाले उपाध्यक्ष भीम रावल, प्रधानमन्त्री पत्नी राधिका शाक्य र प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार अच्युत मैनालीले पनि उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमतीका मुख्यमन्त्री थापा मगरले सोमबार विश्वासको मत लिने

प्रधानमन्त्री बालेन शाह निजी भ्रमणमा, थप जानकारी सचिवालयबाट लिन आग्रह

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Freedom 250 Grand Prix Races Into Washington D.C., Sparking Debate

US-Iran Tensions Escalate as Trump Declares ‘Economic D-Day’

Israel-Türkiye Tensions Escalate Over Syria, Raising Proxy War Concerns

Iran Issues Threats to Southeastern Europe Amidst Escalating Conflict

Two Palestinians Killed in Separate West Bank Incidents

Ukraine’s Top Official Linked to Expanding Corruption Investigation

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu