काठमाडौं, १६ वैशाख । सधै पार्टी एकताको विषयमा भेट गर्ने नेताद्धय यस शनिवारको बालुटारको भेटवार्ता भने फरक थियो । शनिवार भेटघाट पार्टी एकताबारे छलफल गर्न नभई अर्कै प्रयोजनका लागि आयोजना गरिएको थियो ।
प्रधानमन्त्री ओली र प्रचण्डवीच मात्र नभई उक्त छलफलमा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल पनि सहभागी थिए । राजनीतिक नेताहरुको जमघटमा गृहसचिव प्रेम राईसमेतको उपस्थिति रहको थियो ।
भेटबारे एक स्रोतले बताए अनुसार त्यहाँ वाम एकताका बारेमा छलफल भएन, देशको शान्ति सुरक्षाका मामिलामा मात्रै कुराकानी भएको स्रोतको दावी छ ।
देशका विभिन्न भागमा विप्लव समूहले स्थानीय जनप्रतिनिधिहरुलाई राजीनामा गर्न धम्की दिइरहेको र सुरक्षा थ्रेट बढेको भन्दै यसबारे कस्तो रणनीति अपनाउने भन्ने विषयमा शनिबार छलफल भएको स्रोतले जानकारी दियो ।
सरकारले विप्लव समूहका गतिविधिलाई मुख्य सुरक्षा चुनौतीका रुपमा लिँदै आएको छ ।
यसका साथै आदिवासी जनजातिले दिइरहेको आन्दोलनको धम्की लगायतका विषयमा पनि छलफल केन्द्रित रहेको स्रोतले बतायो ।
साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको तिथि नजिकिँदै गएकाले यसमा पनि सुरक्षा सतर्कता बढाउनुपर्ने विषयमा कुराकानी गहन छलफल भएको छ ।
प्रतिक्रिया दिनुहोस्