कपिलवस्तु, १६ वैशाख । लुम्बिनीमा विश्व शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको छ ।
२५६२ औं बौद्ध जयन्ती तथा अन्तराष्ट्रिय बौद्ध सम्मेलनको अवसर पारेर विश्व शान्तिको कामना गर्दैै लुम्बिनीमा दीप प्रज्वलन गरिएको छ । मायादेवी मन्दिर र मन्दिरसँगै रहेको पुष्करणी पोखरी वरपर बालिएको दीपबाट मन्दिर क्षेत्र मनमोहक बनेको थियो ।
संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सचिव कृष्णचन्द्र देवकोटा, विभिन्न देशका राजदूत र अति विशिष्ट पाहुनाहरुले दीप प्रज्वलन गरेका थिए ।
बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा सुरु भएको अन्तराष्ट्रिय बौद्ध सम्मेलनले बौद्ध जन्मस्थल लुम्बिनी र लुम्बिनी विश्व शान्तिको मुहान भन्ने नारालाई विश्वव्यापी रुपमा स्थापित गर्न लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्