ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हवाइ यात्रुको बिमा बढ्ने, एक लाख १२ डलर बनाइने


एबीसी न्यूज
१६ बैशाख २०७५, आइतबार   १० : ०५   बजे

काठमाडौं, १६ वैशाख । सरकारले हवाइ यात्रुको बिमा बढाउने ‘मन्ट्रेयल कन्भेन्सन’लाई अनुमोदन गर्न संसदमा पठाउने भएको छ। संस्कृति तथा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइकाओको मन्ट्रेयल कन्भेन्सनलाई अनुमोदन गर्ने तयारी गरेको हो।
नेपालले मन्ट्रेयल कन्भेन्सनमा प्रतिबद्धता जनाए पनि हालसम्म संसदबाट अनुमोदन नहुँदा ६० वर्षदेखि एउटै बिमा रकम कायम हुँदै आएको छ र हवाई दुर्घटनामा मृत्यु हुने आफन्तका परिवारले थोरै मात्र बिमाको रकम पाउँदै आएका छन्।

संसदबाट अनुमोदन भएमा १ लाख १२ हजार १ सय डलर कम्तिमा पुनर्बिमा कम्पनीबाट क्षतिपूर्ति पाउनेछन्। हाल भने प्रतिव्यक्ति २० हजार डलर मात्रै रहेको छ।

ठूला देशहरुले वार्सा कन्भेन्सनलाई कार्यान्वयनमा लगेका छन्, जसमा बिमा रकम १ लाख ५० हजार डलर रहेको छ। तर नेपालले भने सन १९५५ को हेग प्रोटोकल कार्यान्वयनमा राखेको छ।

‘हाम्रो ढिलासुस्तीले अनुमोदन नहुँदा पीडित परिवारलाई झन पीडा दिने काम भइरहेकाले अब तत्काल संसदमा टेबुल हुनेछ,’ मन्त्री रवीन्द्र अधिकारीले भने। अब बस्ने संसदमै यो विषयको अनुमोदन हुने दाबीसमेत मन्त्रीअधिकारीले गरे।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group