ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

३३ किलो सुन तस्करी प्रकरण: यसरी हरायो सुन, हराएको सुन पत्ता लाग्ला ?


admin
१७ बैशाख २०७५, सोमबार   ५ : ३४   बजे

काठमाडौं, १७ वैशाख । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट भएको ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याको अनुसन्धान लगभग अन्तिम चरणमा पुगेको छ । यो क्रममा छानबिन समितिले सो घटनाको सबै पाटा केलाएको छ ।

अनुसन्धानको अन्तिम चरणमा आईपुग्दा विमानस्थलबाट तस्करी भएको ३३ किलो सुन थाई एयरलाइन्सका कर्मचारी सानु वनबाट हराएको खुलेको छ। थाई एयरलाइन्सका प्राविधिक रहेका वनको विमानस्थलभित्रै रहस्यमय मृत्यु भइसकेको छ।

गत माघ ७ गते ३३ किलो सुन रहेको लगेज बानेश्वरस्थित चुडामणि उप्रेती (गोरे) को कार्यालयमा ल्याउन उनलाई जिम्मेवारी दिइएको थियो। मध्य बानेश्वरबाट अनामनगर आउने बाटोमा सुन भएको झोला लुटपाट भएको उनले बताएका थिए। सोही सुन लुटेको हुनसक्ने आशंकामा मोरङ उर्लाबारीका सनम शाक्यको पनि हत्या भएको थियो।

शाक्यको हत्या पछि नै सुन तस्करी प्रकरणको सम्पूर्ण घटना सतहमा आएको थियो । उनकै हत्या पछि गठन भएको अनुसन्धान टोलीले घटनामाथि विस्तृत छानबिन गर्दा विमानस्थलबाट लामो समयदेखि प्रहरी र एयरलाइन्सका कर्मचारीको मिलेमतोमा सुन तस्करी हुँदै आएको खुलेको थियो।

गत माघ २२ मा विमानस्थलकै रनवेमा नेपाल आयल निगमको हवाई इन्धन बोक्ने ट्याङ्करको ठक्करबाट वनको मृत्यु भएको थियो। जुन दुर्घटना जस्तो देखिएपछि आत्महत्या भएको प्रहरी अधिकारीहरु बताउँछन्। सिसिटिभी क्यामेरा फुटेजमा गुडिरहेको ट्याङ्करमुनि उनले हाम फालेको देखिएको छ। तस्कर समूहको यातना सहन नसकेर उनले आत्महत्या गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ।

३३ किलो सुनसँग प्रत्यक्ष रुपमा गाँसिएका वनको नै मृत्यु भएपछि त्यो सुन कहाँ पुग्यो भन्ने अहिलेसम्म खुल्न सकेको छैन। अबको प्रश्न हो, हराएको सुन पत्ता लगाउन प्रहरी के सक्षम होला ? घटनामा संलग्न आरोपीतहरुलाई दोषी प्रमाणित गर्न सकिएला ?

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group