ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ठेक्का रद्ध हुँदै


admin
२२ श्रावण २०७४, आइतबार   ९ : ३३   बजे

भैरहवा २२ साउन । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणको जिम्मा पाएको चिनिया नर्थ वेस्ट सिभिल एभिएसन कम्पनीसँग विमानस्थल निर्माण परियोजनाले ठेक्का प्रक्रिया रद्ध गर्ने अन्तीम तयारी गरेको छ ।

निर्माणको काममा सन्तोसजनक सुधार नभए ठेक्का रद्ध गर्नेसम्मको चेतावनीपत्र यस अगाडी पटक–पटक बुझाएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण परियोजनाका प्रमुख ओम शर्माले जानकारी दिए । उनीहरुको काममा कुनै सुधार आउन नसकेको र मासिक शुन्य दशमलव ५ प्रतिशत मात्र प्रगति रहेको शर्माले बताए ।

निर्माण कम्पनी के कारणले काम गर्न सकिरहेको छैन अुहज के मा परेको छ ? भनेर कारण देखाउन पटक–पटक पत्राचार गरे पनि उनीहरुले कुनै सुधारका काम गर्न नसकेको शर्माको भनाइ छ । काम चुस्त गतिमा अघि बढ्न नसकेकाले परियोजना विकल्पको रुपमा अर्को टेण्डर प्रक्रियामा जाने तयारी गरेको परियोजना प्रमुख शर्माले बताए ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलासुस्ती भएको जनगुनासो बढेसंगै विभिन्न क्षेत्रबाट परियोजनामाथि निश्चित समयभित्र निर्माण कार्य सक्न दबाव बढेको छ । चिनियाँ कम्पनीले आर्थिक कारण देखाउँदै काम गर्न नसकेको परियोजना प्रमुख शर्माले बताए ।

स्थानीय सप्लायर्सहरुलाई रकम भुक्तानी नगरेको बजारमा गुनासो बढी आएपछि उनीहरुसँग काम गर्न कोही ईच्छुक नहुँदा चिनियाँ कम्पनीले लेवर लगायत आवस्यक कच्चा पदार्थसमेत जुटाउन सकिरहेको छैन ।

मासिक ६ प्रतिशत काम सम्पन्न गर्नुपर्नेमा पछिल्लो समय चिनियाँ कम्पनीले शुन्य दशमलव ५ प्रतिशतका दरले मात्र काम गरिरहेको छ । दैनिक कम्तीमा ५ सय जना मजदुरले काम गरेको हुनुपर्ने र त्यही अनुपातमा हेबि इक्युमेन्ट सञ्चालनमा आएको हुनुपर्नेमा ३०/३५ जना मजदुरबाट मात्र काम भएको छ ।

विमानस्थल निर्माणका लागि सह कन्ट्याक्टरका रुपमा नेपाली कम्पनी नर्थ वेस्ट नेपाल इन्फ्रा प्रालिलाई दिएकोमा लेनदेनमा विवाद भएपछि चिनियाँ कम्पनी आफैले विमानस्थल निर्माणको काम विगत पाँच महिनादेखि गर्दै आएको छ । काम सुस्त भएपछि चिनियाँ कम्पनीसँग ठेक्का तोडन परियोजनाले डकुमेन्टहरु तयार गरिरहेको जनाएको छ । त्यसैगरी अर्को टेण्डर प्रक्रियाका लागि पनि डकुमेन्टहरु तयार भैरहेको परियोजना प्रमुख ओम शर्माले जानकारी दिए ।

एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सुरु भएको विमानस्थल निर्माणकार्य चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सनले गर्दै आएको छ । (३१ डिसेम्बर २०१४) का दिन तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले विमानस्थल निर्माण कार्यको शिलान्यास गरेका थिए । चिनियाँ कम्पनीसँग २०१७ डिसेम्बर ३१ सम्म निर्माण कार्य सक्नुपर्ने सम्झौता भएको थियो ।

नर्थ वेस्ट कम्पनिले ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २७ रुपैयाँमा निर्माण कार्यको जिम्मा लिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटो निर्माण कार्य सम्पन्न गर्न भैरहवाबासीले माग गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group