ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फिफ्टी-सिकस्टी होईन समानताका आधारमा एकता :मन्त्री पोखरेल


admin
१८ बैशाख २०७५, मंगलबार   ३ : १५   बजे

काठमाडौँ, १८ वैशाख । नेकपा (एमाले) का महासचिव एवं रक्षामन्त्री ईश्वर पोखरेलले प्रतिशतका आधारमा नभई न्यायोचित सम्मान र समानताका आधारमा नेकपा (माओवादी केन्द्र) सँग चाँडै एकता हुने बताउनुभएको छ ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को सातौँ राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित नेतृत्वलाई कार्यभार हस्तान्तरण समारोहमा आज महासचिव पोखरेलले आफूहरुले गरेका प्रतिबद्धतालाई कार्यान्वयनको परीक्षाको घडी आएकाले एकताबाट भाग्ने छुट दुवै पार्टीका नेतालाई नभएकाले यथोचित, सम्मानजनक र समानताका आधारमा एकता हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “पचास पचास वा साठी चालीस प्रतिशतमा होइन तीन आधारमा एकता हुन्छ । यसमा ढुक्क हुनुस् । यो राष्ट्र, जनताको चाहना र आवश्यकता हो । यसलाई हामीले जिम्मेवार र संवेदनशील रुपमा पूरा गर्नेछौँ ।”

दुई पार्टीको एकता संयोजन समितिले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्राविधिक र अन्य विषयको बिट मार्न जिम्मेवारी दिएकाले अतीतमुखी नभई भविष्यमुखी विचारका आधारमा एकता हुने स्पष्ट गर्नुभयो ।

उहाँले वाम गठबन्धनले चुनावमा जारी गरेको साझा घोषणापत्रका आधारमा सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरेको जनाउँदै लोकतान्त्रिक प्रतिष्पर्धालाई जित्ने र जित्न नसक्ने दुवैले स्वीकार गर्न सक्नुपर्ने जनाउनुभयो ।

“राजनीतिक अधिकार प्राप्तिको कालखण्ड आधारभूत रुपमा पूरा भएकाले अब राजनीतिक स्थिरतासहित आर्थिक समृद्धिका लागि वर्तमान सरकारले काम गर्नेछ । श्रमिक आन्दोलनले पनि यही साझा मुद्दामा काम गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

निवर्तमान अध्यक्ष एवं महासंघका संरक्षक विष्णु रिमालले सरकारले मजदूरको साक्षी भएर मात्र होइन मजदूरका पक्षमा काम गर्नुपर्ने उल्लेख गर्दै महासंघको गौरव र उपलब्धिलाई नयाँ नेतृत्वले आत्मसात् गर्नुपर्ने अपेक्षा गर्नुभयो ।

नवनिर्वाचित अध्यक्ष विनोद श्रेष्ठले विगतको उपलब्धिका जगमा श्रमिक अधिकारको रक्षा र मुलुकको समृद्धिका लागि महासंघले काम गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तिब्बत बाढी प्रभावितको राहत र उद्धारमा चिनियाँ राष्ट्रपति सीको निर्देशन

भोटेकोसी बाढीले रसुवा र नुवाकोटमा ठूलो क्षति

सम्बन्धित

राजदूत नियुक्ति प्रक्रियामा सरकारको अपरिपक्वता

रसुवाको भोटेकोशी बाढीको सम्भावित कारण हिमपहिरो

प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित

रसुवाको बाढीले ४३१ मेगावाटभन्दा बढीका ऊर्जा आयोजना प्रभावित

म्याग्दीमा गहना चोरी गर्ने बारा–पर्साका पाँचजना पक्राउ, यसअघि पनि चोरीमा संलग्न

🚨 रसुवा बाढीपछि प्रतिनिधिसभा बैठक अन्योलमा, प्रधानमन्त्रीको जवाफ दिने कार्यसूची प्रभावित हुनसक्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu