ओम किशोर चौधरी
रौतहट,२१ वैशाख। रौतहटमा दाईजोको निहुँमा एक जनाको हत्या भएको छ । परिवारका सदस्यहरु मिलेर एक जना युवतीको हत्या गरेको माईती पक्षले आरोप लगाएका छन् ।
रौतहटको बृन्दावन गरपालिका ५ नरकटिया टोलकी २३ बर्षकी सुगान्धी देवी दासलाई श्रीमान, ससुरा र सासु मिलेर हत्या गरेर झुण्डयाइएको अवस्थामा शव फेला परेको मृतकका बाबु पनीलाल दासले बताए । छोरीलाई पहिले देखि नै दाइजोको निहुँ बारम्बार यातना दिने गरेको र बिहीबार राती छोरीको हत्या गरेरझुण्डयाइएको दासले बताए ।
मृतकका बाबु दासले छोरी माथि पटक पटक कुटपिट भएपछि महिला सेल गरुडामा उजुरी दिदा समेत प्रहरीले पिडकलाई उन्मुक्ति दिएका कारण आफ्नी छोरीको हत्या भएको मृतकका बाबुले बताए । आत्मा हत्या गरेको देखाउनका लागि झुण्याईएकी मृतक दासको शरीरको विभिन्न भागमा चोट रहेको मृतकका दाजु बाल किशोर दासले बताए । उनका अनुसार बहिनीलाई कुटपिट गरि खाना र राम्रोसँग बस्न समेत नदिने गरेको र पटक पटक माईती पठाउने गरेका बताए ।
प्रहरीले मृतकका श्रीमान रामदरेस दास ,ससुरा जोखु दासलाई अनुसन्धानका लागि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी यज्ञ बिनोद पोख्रेलले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्