ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डोल्पाका ज्येष्ठ नागरिकले अझै भत्ता पाएनन्


admin
२१ बैशाख २०७५, शुक्रबार   ३ : ५४   बजे

डोल्पा, २१ वैशाख ।  सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता चालु आर्थिक वर्षको तेस्रो चौमासिक लागि सक्दा समेत डोल्पाका जेष्ठ नागरिकले अझै पाउन सकेका छैनन् ।

पहिलो किस्ता मंसिरको पहिलो साता, दोस्रो किस्ता फागुनको पहिलो साता र तेस्रो किस्ता असारको पहिलो सातामा भत्ता रकम बुझ्दै आएका उनीहरु चालु आवको तेस्रो किस्ता लागि सक्दासमेत नपाएपछि निराश भएका छन् ।

सरकारले यस जिल्लाका ७० वर्ष पुगेका वृद्धवृद्धा नागरिकलाई प्रतिमहिना रु दुई हजारका दरले वर्षमा चौबीस हजार, ६० वर्ष उमेर पुगेका नागरिकलाई प्रति महिना रु एक हजारका दरले वर्षमा बाह्र हजार, एकल महिला, जनजाति र दलितका जेष्ठ नागरिकलाई प्रतिमहिना एक हजारका दरले वार्षिक बाह्र हजार, अपाङ्गता भएका (क) वर्गलाई प्रति महिना रु दुई हजारका दरले वार्षिक चौबिस हजार र अपाङ्गता (ख) वर्गलाई प्रतिमहिना रु ६ सयका दरले वार्षिक सात हजार दुई सय सामाजिक सुरक्षाबापत भत्ता उपलब्ध गराउँदै आएको छ ।

त्रिपुरासुन्दरी नगरपालिका–१ का ७८ वर्षीय रविप्रसाद न्यौपानेले भन्नुभयो, “विगतमा त सुरक्षा भत्ता चार÷चार महिनाको पाइन्थ्यो, यो वर्ष त जेठ लाग्नै थालिसक्यो । अझै भत्ता पाएका छैनौं । कतै भत्ता कटाएको त होइन सरकारले ?”

न्यौपाने मात्र होइनन् त्रिपुरासुन्दरी नपा–१० का नारायण गिरीले पनि सामाजिक सुरक्षा भत्ता नपाएकामा दुखेसो पोख्नुभयो । उहाँले भन्नुभयो, “चुनाव ताका त भोट माग्न आउँदा नेताहरुले खाइपाइ आएको भत्ता बढाएर प्रतिमहिना रु पाँच हजार बनाउने भन्थे तर यो वर्ष अहिलेसम्म पाँच हजार त के विगतमा पाइरहेको भत्ता समेत पाएका छैनाँै ।”

त्यस्तै, त्रिपुरासुन्दरी नगरपालिका–१ बस्ने ज्येष्ठ नागरिक पुनादेवी न्यौपाने पनि भत्ता पाउने वा नपाउने भन्नेबारे बेखबर हुनुहुन्छ । गाउँमा कोही नयाँ मान्छे आउने बित्तिकै उहाँ ‘हाम्रो भत्ता कहिले पाइन्छ’ भन्दै सोध्नुहुन्छ । “पहिला पहिला त समयमै भत्ता पाइन्थ्यो अहिले त तीन पटक बुझिसक्ने बेला भयो एक पटक पनि पाइएको छैन्, संघीयाता आएपछि खाइपाइ आएको सेवा सुविधा पनि कटौती हुनेरहेछ,” उहाँले दुखेसो पोख्नुभयो ।

सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षाभत्ता मात्र होइन बालबालिकाले पाउँदै आएको पोषणबापतको भत्ता समेत डोल्पाका बालबालिकाले चालु आवको तेस्रो चौमासिक लाग्नै थाल्दा समेत पाउनसकेका छैनन् । सरकारले कर्णालीका पाँच वर्षसम्मका बालबालिकालाई प्रतिमहिना रु ४०० का दरले वार्षिक रु चार हजार ८०० पोषण भत्ताबापत उपलब्ध गराउँदै आएको छ ।

त्रिपुरासुन्दरी नगरपालिका त्रिपुराकोटका निमित्त कार्यकारी जयशंकर धितालले प्रत्येक वडाबाट जेष्ठ नागरिक तथा बालबालिकाको नयाँ आँकडा नगरमा नआइसकेकाले भत्ता वितरणमा ढिलाइ भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रत्येक वार्डमा कर्मचारी खटाएर वृद्धवृद्धा ज्येष्ठ नागरिक, दलित, अपाङ्गता भएका, एकल महिला र बालबालिकाको एकिन डाटा संकलन गर्ने काम भइरहेको छ । जेठको दोस्रो सातासम्ममा भत्ता वितरण गरिने छ ।”

त्रिपुरासुन्दरी नगरपालिकामा सामाजिक सुरक्षाभत्ता र बालबालिको पोषण भत्ताको लागि रु एक करोड चौरासी लाख बराबरको बजेट प्राप्त भएको र वडा वडाबाट विवरण आउन ढिलाइ भएकाले अपुग हुन गएमा थप बजेट माग गर्न भने समस्या पर्ने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group