ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली सेनाका हेलिकप्टर चिनियाँ आकासमा उड्ने


एबीसी न्यूज
२३ बैशाख २०७५, आइतबार   ८ : ३३   बजे

काठमाडौं, २३ वैशाख । नेपाली सेनाले लिलामीमा राखेका फ्रेन्च कम्पनीको दुई पुराना हेलिकप्टर चिनियाँ आकाशमा उड्ने भएका छन्। हेलिकप्टर तालिम दिने एक चिनियाँ कम्पनीले ती दुई हेलिकप्टरको लिलामी सकारेको हो।

कम्पनीले आवश्यक प्रक्रिया पूरा गरी आगामी साता चार दिन लगाएर नेपाली सेनाका पाइलटसहित उक्त हेलिकप्टर दक्षिणी चीन पुर्‍याइदिने छन्। हाल एयरबस हेलिकप्टरले त्यस्ता हवाई साधन निर्माण गर्छ।

सेनाले हेलिकप्टर बेच्ने सबै कागजी प्रक्रिया सकिएको जनाएको छ। कम्पनीले बैनाबापत १० प्रतिशत रकम (३ करोड २७ लाख) बुझाइसकेको छ। सेनाको हवाई निर्देशनालयले दुई थान ‘सुपर पुमा’ र त्यसका पार्टपुर्जालाई ३१ करोड ६६ लाख न्यूनतम बोल–कबोल मूल्य तय गरेको हो। बाँकी रकम आउनेबित्तिकै सेनाले ती हेलिकप्टर कम्पनीलाई हस्तान्तरण गर्नेछ।

निर्देशनालयका अनुसार हाल ती हेलिकप्टर मर्मत कार्य भइरहेको छ। यसअघि सेनाले बेचेको पुरानो ‘पुमा’ हेलिकप्टर अफ्रिकी आकाशमा उड्ने निश्चित भइसकेको छ। त्यो हेलिकप्टर अझै अफ्रिका लाने प्रक्रियामै छ। नेपाली सेनाले त्यसको पूर्ण रकम पाइसकेको छ। एजेन्टमार्फत बिक्री गरिएको पुमा हेलिकप्टर दुई महिनाअघि नै अफ्रिका पुग्ने भनिए पनि अझै केही समय लाग्ने भएको छ।

सेनाले नौ हवाई साधन र तिनका पार्टपुर्जा बिक्री प्रक्रिया अघि बढाएको एक वर्षभित्र ३ हेलिकप्टर र एक विमान बिक्री भएको हो। एभ्रो विमान लिलामीबारे भने अझै निर्णय भइसकेको छैन। निर्देशनालयले लिलामीमा राखिएका सबै हवाई साधन र पार्टपुर्जाको कुल न्यूनतम मूल्य ६५ करोड ७६ लाख ५८ हजार निर्धारण गरी बोलकबोलमा बिक्री घोषणा गरेको थियो।
धेरै रकम आउने दुई सुपर पुमा र एक पुमा हेलिकप्टर बिक्री भएको हो। अरूको मूल्यांकन निकै न्यून छ। एभ्रो विमानको १० प्रतिशत बैना जम्मा भएको र अन्य रकमबारे छलफल भइरहेको सैनिक अधिकारीले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group