काठमाडौं, २३ वैशाख । बजारमा आएका यी फेसन ट्रेन्डहरु युनिक मात्र होइन हैरान बनाउने खालको छ। हेरौ एकपटक हामी पनि..
1. जीन्सको पाईन्ट
यो तस्बीर जीन्सको पाईन्टको हो । यसलाई फेसन नोभाले बजारमा ल्याएको हो । यसको डिजाईन जति युनिक देखिन्छ, त्यो भन्दा बेसी यसको मुल्य छक्क पार्ने खालको छ । बजारमा यसको नेपाली मुल्य ४ हजार नौ सय रुपैया हो ।
2. डिट्याचेबल पाईन्ट
यो डिजाईन गएको वर्ष चर्चामा आएको थियो । नामै डिट्याचेबल पाईन्ट रहेको यो पाईन्टको केही भागहरु चेनको सहायताले जोडिएको छ । मनलागेको बेला चेनलाई फुकाल्नुहोस र नँया डिजाईनमा नँया पाईन्ट लगाउनुहोस् । यो डिजाईनमा ट्रयाक पाईन्ट पनि निकालिएको थियो । जसलाई ईच्छा अनुसार क्वाटर वा फुलमा लगाउन सकिन्थ्यो ।
3. अन्डरबुव्स् टिर्सट
अन्डरबुव्स् टिर्सट, तस्बिरमा देखिएका मोडलहरुले लगाएको यो कपडाको टुक्रा टिर्सट हो। यो टिर्सटलाई यसरी नै डिजाईन गरिएको हो । मजाकमा उडाएको होइन तर यसै त धन्न धन्नले धानीरहेको बेला यो लुगालाई हावाले उडायो भने के होला गति ?
4. फुट ग्लोब
फुट ग्लोब अर्थात खुट्टाको लागि पंजा। हातमा मात्र किन पंजा लगाउने खुट्टामा किन नलगाउने ? यस्तै सोचेर फेसन डिजानरहरुले खुट्टाको लागि पनि पंजा बनाएका छन् । चाहेको खण्डमा यो पंजा बजारमा गएर किन्न सकिनेछ ।
5. टो-लेस सुज
यो जुत्ता हो । नामले बताए जस्तै खुट्टाको औलाहरु नछोपिने जुत्ता, यानिकी टो-लेस सुज । विडम्बनानै भन्नुपर्ला बजारमा यो कन्सेप्ट त्यति बिकेन । यो डिजाईनले बजारमा व्यापार लगभग लिएन नै भन्नौ ।
6. अर्माडिलो सुज
यो तस्बिर कुनै घर सजाउने सामानको होईन । यो फेमस अर्माडिलो सुजको तस्बिर हो । चर्चित फेसन ब्रान्ड एलेक्सजेन्डर म्याक्विनले यसलाई सन् २०१० मा बजारमा ल्याएको थियो । ब्रान्डको ट्रेड मार्क यो जुत्तालाई चर्चित बनाउने कामको श्रेय अमेरिकी पप गायिका लेडि गागालाई जान्छ ।
अन्य यस्तै केहि तस्बिरहरु-
क्लिन पाईन्ट
क्रोकोडायल जुत्ता
डबल पाईन्ट
यो अर्को पाईन्ट
फेक मड पाईन्ट
यो स्वीटर
यो बनाना सुज
र, यो फिस सुज
प्रतिक्रिया दिनुहोस्