ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उत्पादन दोब्बर भएपछि किसान उत्साहित


admin
२३ श्रावण २०७४, सोमबार   ३ : १०   बजे

खोटाङ, २३ साउन । उन्नत जातको बीउबाट मकै उत्पादन दोब्बर वृद्घि भएपछि किसान उत्साहित बनेका छन् । उनीहरु सो बीउप्रति आकर्षित भएका छन् ।

हलेसी तुवाचुङ नगरपालिकाका बडहरे, च्यास्मिटार, दुर्छिम, बाहुनीडाँडाका किसानले मनोकामना–३ जातको मकैको बीउ प्रयोग गर्दा उत्पादनमा स्थानीय जातको भन्दा दोब्बरले वृद्घि भएको छ । स्थानीय जातको भन्दा ठूलो बोट भएको मनोकामना–३ जातको मकैमा घोगा पनि ठूलै लाग्ने गरको बडहरेकी गंगादेवी दाहालले बताउनुभयो ।

स्थानीय नमुना कृषक समूहकी सचिवसमेत रहनुभएका दाहालका अनुसार हाल सो स्थानका कृषक मनोकामना–३ जातको मकैको बीउ प्रयोग गर्न उत्साहित बनेका छन् । जिल्ला कृषि विकास कार्यालय तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ‘जोन’सँगको समन्वयमा नवकिरण सेवा समाज दुर्छिम र सवल परियोजनाको साझेदारीमा बीए वितरण गरिएको हो ।

पारिजात कृषक समूहका अध्यक्ष जीवनाथ दाहालका अनुसार परियोजनाले सो क्षेत्रका कृषक समूहलाई १२० किलो बीउ वितरण गरेको छ । उत्पादित मकैलाई बीउकै रुपमा मात्र प्रयोग गर्ने योजना बनाएको उहाँको भनाइ छ । एक क्विन्टल बीउबाट करिब १० मेट्रिक टन मकै उत्पादन हुने अनुमान गरिएको छ ।

मनोकामना–३ जातको मकै सो क्षेत्रको मौसम अनुकूल भएको जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत फुलकुमार शाहले बताउनुभयो । जिल्लामा उत्पादन भएको बीउ ओखलढुंगा, उदयपुर, सोलुखुम्बुलगायत जिल्लाका कृषकले समेत माग गरिरहेका उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मकवानपुरमा तरकारी बोकेको ट्रक १०० मिटर तल खस्यो, एक जनाको मृत्यु

सरकारसँगै डराइरहेका छन् व्यवसायी …

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu