ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लोकसंस्कृति संरक्षणको लागि महिलाले बजाउँछन् नौमती बाजा


admin
२५ बैशाख २०७५, मंगलबार   ११ : १०   बजे

म्याग्दी, २५ वैशाख । शुभ कार्यहरुमा परम्परागत रुपमा पुरुषहरुले मात्रै बजाउने गरेको नौमती बाजा महिलाहरुले पनि बजाउन थालेका छन् । पञ्चेबाजा बजाउनेहरु हराउँदै जान थालेको समयमा पोखरामा बसोबास गर्ने म्याग्देलीहरुले भने महिला र पुरुष दुबैको सहभागितामा नौमती बाजा बजाउने प्रचलनको सुरुवात गरेका हुन् ।

नौमती बाजा बजाउनेमा महिलाले मादल, दमाहा र झ्याली बजाउने गर्छन् । विवाह, चौरासी पुजा, ब्रतबन्ध, छेवर लगायतका शुभ कार्यहरुमा बजाईने नौमती बाजालाई संरक्षण गर्दै व्यवसायिक बनाउने उद्देश्यले पोखरामा बसोबास गर्ने म्याग्दीको अन्नपूर्ण र रघुगंगा गाउँपालिकाका बासिन्दाहरुले फेवा वातावरण तथा लोकसंस्कृति नौमती बाजा समुह नै बनाएको बताउंछन् समूहका अध्यक्ष डम्बर बहादुर पूर्जा ।

‘वि.स. २०६१ सालमा गठन भएको यस समुहले नयाँ पुस्ताका युवक युवतीलाई नौमती बाजा बजाउन सिकाएर दर्जन बढी नयाँ बाजा समुह नै उत्पादन गरिसकेको छ’, फेवा वातावरण तथा लोकसंस्कृति नौमती बाजा समुहका अध्यक्ष डम्बरबहादुर पुर्जाले बताए ।

एउटै समुहमा महिला र पुरुष दुवैले नौमती बाजा बजाउनु यस समुहको प्रमुख बिशेषता हो । यस समुहमार्फत कला संस्कृतिको संरक्षण र नयाँपनसँगै रोजगारी पनि सिर्जना भएको छ । यस समुहमा अहिले ३० जना बढी आवद्ध छन् । त्यसमध्ये करिब आधा महिला मात्रै छन् । महिलाले बाजा बजाउनुको साथै नौमती बाजामा दोहोरी गाउने र नृत्यसमेत देखाउने गरेको समुहकी सदस्य प्रिती पुनले बताइन् ।

महिलाले नै बाजा बजाउने, दोहोरी गाउने र नृत्य समेत देखाउने भएकाले पोखरा क्षेत्रमा यस समुहको लोकप्रियता बढेको समुहका बाधक तिलक फगामी बताउँछन् । विवाहको लगन र पुजा आजा हुने समयमा २ बढी समुह बनाएर नौमती बाजा बजाउने गरिएको छ ।

बाजा बजाएर आउने आम्दानीबाट समुहमा आबद्ध भएका बाधक र कलाकारहरुलाई पारिश्रमिक दिने गरिएका गरिएको छ । यस समुहले आफ्नो आम्दानीबाट केही रकम बचत गरि सामाजिक उत्थानको लागि कोष खडा गर्नुको साथै नौमती बाजाका सामाग्रीहरु समेत खरिद गर्ने गरेको समुहकी सदस्य टिकमती पुन बताउँछिन् ।

पोखरामा रहेका म्याग्देलीहरुले मात्रै होईन म्याग्दीकै विभिन्न ठाउँमा समेत विशेष गरी मगर समुदायमा महिलाले समेत नौमती बाजा बजाउने गरेका छन् । म्याग्दीबाट कावासेती, चितवन लगायतका क्षेत्रमा पुगेका जनजाति समुदायले समेत महिला र पुरुष दुवैलाई समावेश गरी नौमती बाजा बजाउने गरेका छन् । धार्मिक कार्यहरुको लागि अनिवार्य जस्तै मानिने नेपाली मौलिक नौमती बाजा मनोरञ्जनको साधनसँगै पर्यटकहरुको लागिसमेत आकर्षक बाजा हो । अन्यत्र पुरुषहरुले मात्रै बजाउने नौमती बाजा महिलाहरुले समेत बजाउने भएपछि यसको महत्व र आकर्षण थप बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संघीय संसद मातहतका ३ संसदीय समितिको बैठक आज बस्दै

सम्बन्धित

परिस्थिति नियन्त्रण बाहिर गएपछि सुनसरीमा सेना ब्यारेकबाट निस्कियो

सुनसरीको देवानगन्ज र हरिनगरमा निषेधाज्ञा : २४ वर्षीय युवकको मृत्यु भएपछि सुरक्षा व्यवस्था कडा

देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा बिहानैदेखि भक्तजनको भीड

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

भोलि उद्घाटन हुँदै नागढुंगा–सिस्नेखोला सुरुङमार्ग, सुरुमा आकस्मिक सवारीलाई मात्रै अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu