ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेशको जग बलियो हुने गरी बजेट ल्याउन सुझाव


admin
२५ बैशाख २०७५, मंगलबार   ५ : ५७   बजे

बुटवल, २५ वैशाख। प्रदेश नं ५ का लागि आर्थिक वर्ष २०७५÷७६ को बजेट तर्जुमा गरिरहेका सरकारलाई सबै पक्षसँग परामर्श गरेर मात्र बजेट निर्माण गर्न सुझाव दिइएको छ ।

प्रदेश सरकारको आगामी आर्थिक वर्षका लागि आउने बजेट पहिलो भएकाले प्रदेशको जग नै बलियो हुने गरी ल्याउन सुझाव दिइएको छ । प्रदेश सरकारलाई संघीय सरकारले करिब रु १५ अर्ब ४२ करोडको बजेट सिलिङ तोकिदिएको छ ।

रिपोर्टर्स क्लब ५ नं प्रदेशले आज बुटवलमा आयोजना गरेको कार्यक्रममा प्रदेशको राजश्व संकलनको दायरा अनुमान गरेर करिब रु २० अर्ब बराबरको बजेट ल्याउने सोच राखिएको प्रादेशिक योजना आयोगका उपाध्यक्ष डा प्रकाशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

अबको बजेट आगामी बजेट अनुमानको आधारमा बन्ने बताउँदै श्रेष्ठले सरकार, स्थानीय सरकार, निजी क्षेत्र, सहकारी सबै सामूहिक रुपमा अघि बढ्नु पर्ने विचार व्यक्त गर्नुभयो ।

उहाँले विगतका तथ्याँक नहुँदा अनुमानका भरमा बजेट बन्ने र त्यो सहभागितामूलक हुने बताउनुभयो । उहाँले भन्नुभयो – ‘संभावनाहरुबीच प्रदेश सरकार अघि बढ्छ ।’

सरकार तथा कार्यान्वयन गर्ने निकाय बन्न अझै बाँंकी रहेको सन्दर्भमा बजेटको कार्यान्वयन सबैभन्दा चुनौतीपूर्ण हुने उहाँको भनाइ छ ।

प्रा डा बाबुराम ज्ञवालीले कृषि क्षेत्र, यातायात, शिक्षा, ऊर्जा, ग्रामीण विकास, कुटीर उद्योग, पानी घट्टलाई ठूला बजारसँग जोड्नुपर्ने अहिलेको आवश्यकता भएको बताउनुभयो ।
नेकपा एमालेका प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले प्रदेशको नामकरण अविलम्ब गर्न सकिए नामैले पनि विकासको छनक दिने बताउनुभयो ।

नेपाली काँग्रेसका प्रदेश सांसद अष्टभुजा पाठकले सबै पक्षलाई नसमेटे प्रदेशको समृद्धि हासिल नहुने भएकाले विकास अभियानमा सबै दल जुट्नुपर्ने बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका प्रदेश सांसद तथा प्रमुख सचेतक दधिराम शर्माले कृषि र पर्यटन नै समृद्धिको आधार भएको बताउनुभयो । उहाँले हिमाल, पहाड र तराई जोड्न हिल स्टेशन निर्माण गर्नुपर्ने र छरिएका बस्तीलाइ एकीकृत गर्नुपर्ने बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य सुरेन्द्रप्रसाद श्रेष्ठले तीव्र गतिको आर्थिक वृद्धिदर जनताको चाहना भएको बताउनुभयो । प्रदेश सरकारले जेठ अन्तिम हप्ता नीति तथा कार्यक्रम र असार १ गते बजेट ल्याउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group