ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सभामुख महरा र अमेरिकी राजदूत टेप्लिजबीच भेटवार्ता


admin
२६ बैशाख २०७५, बुधबार   ४ : २७   बजे

काठमाडौँ, २६ वैशाख । सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि अमेरिकी राजदूत एलियाना बी टेप्लिजले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको भेटवार्तामा दुई देश बीचको मित्रता, आपसी सहयोग, सहकार्य र संसदीय मैत्री संघ लगायतका विषयमा विचारविमर्श भएको थियो ।

भेटमा सभामुख महराले नेपाल र अमेरिका बीचको सम्बन्ध पुरानो र सौहार्दपूर्ण रहेको बताउँदै आपसी सहयोग र सहकार्य निरन्तर भइरहनेमा विश्वास व्यक्त गर्नुभएको सभामुखका सल्लाहकार डिल्ली मल्लले जानकारी दिनुभयो ।

संविधान निर्माणपछि तीन तहको निर्वाचन सम्पन्न गरेर नेपालले संघीय शासन प्रणालीको अभ्यास गरिरहेको उल्लेख गर्दै उहाँले आफूहरु संविधानको मर्मअनुरुप नयाँ ऐन, कानून निर्माणलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।

“संविधान निर्माणपछि हामीले तीन चरणका निर्वाचन सम्पन्न गरी तीनै तहमा सरकार निर्माण गरिसकेका छौं”, सभामुख महराले भन्नुभयो, “अब हाम्रो मुख्य प्राथमिकता भनेको संविधानको मर्मअनुरुप ऐन कानून निर्माण गर्नु हो, अहिले हामी कानून निर्माणतर्फ बढी केन्द्रित छौँ ।”

सभामुख महराले संसद्को दोस्रो अधिवेशन भर्खरै शुरु भएको जानकारी दिँदै सरकारले नीति, कार्यक्रमसहित आगामी आर्थिक वर्षका लागि बजेट पेश गर्ने, संसद् नियमावली बनाउनेदेखि थुप्रै नयाँ कानूनहरु निर्माण गर्नुपर्ने भएकाले अहिलेको अधिवेशन निकै महत्वपूर्ण भएको बताउनुभयो ।

संसदीय सम्बन्धलाई प्रगाढ बनाउन संसदीय मैत्री संघ गठन गर्न आफू इच्छुक रहेको बताउँदै उहाँले यस्ता समूहले एक अर्काको संसदीय अभ्यास, अनुभव र प्रचलन सिक्ने मात्रै नभई राजनीतिक सम्बन्ध पनि प्रगाढ बनाउने धारणा व्यक्त गर्नुभयो ।

सभामुख महराले अमेरिकी सरकारले अमेरिकी सहयोग नियोग (युएसएड)मार्फत आर्थिक सहायता प्रदान गरिरहेको भन्दै त्यसको निरन्तरताका लागि पनि आग्रह गर्नुभयो ।

सो अवसरमा नेपालका लागि अमेरिकी राजदूत टेप्लिजले विधिको शासन र लोकतन्त्रप्रति नेपाल प्रतिबद्ध रहेकाले अब बन्ने कानूनहरु बढीभन्दा बढी समावेशी र लोकतान्त्रिक बन्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

“नयाँ कानून बनाउँदा जति सक्यो समावेशी र बलियो बनाउन अमेरिकामा सार्वजनिक सुनुवाइको परम्परा पनि छ”, उहाँले भन्नुभयो, “तपाईंहरुले पनि नयाँ कानून बनाउँदा अमेरिकाको अभ्यास र अनुभव उपयोगी हुनसक्छ ।”

राजदूत टेप्लिजले आफूहरुको प्राथमिकता आर्थिक सुधारको क्षेत्र, मानव बेचबिखन, न्यायालयको सुधार, कृषि तथा ऊर्जासम्बन्धी क्षेत्रहरु भएको भन्दै त्यस क्षेत्रका ऐन कानून निर्माणमा विश्वव्यापी लोकतन्त्र र मानवअधिकारका मान्यताहरुमा नेपाल सहमत भएकोमा आफू विश्वस्त रहेको बताउनुभयो ।

भेटवार्तामा संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराई, प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी, प्रवक्ता डा भरतराज गौतम लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group