ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय चिकित्सा शिक्षासहितका चार अध्यादेश स्वीकृत


admin

काठमाडौं, २६ वैशाख । राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७५ संसदले स्वीकृत गरेको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७५ लाई स्विकृत गरियोस्’ भनि राख्नु भएको प्रस्ताव बहुमतले स्विकृत भएको हो । विधेयकको विपक्षमा सांसद प्रेम सुवालले मत दिनु भएको थियो । सो अवसरमा उहाँले काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल क्याम्पस खोल्न नपाउने लगायतको व्यवस्था विधेयकबाट हटाउनुपर्ने माग समेत गर्नु भएको थियो ।

यता शिक्षामन्त्री पोखरेलले चिकित्सा शिक्षामा देखिएको विकृति अन्त्य गर्न सरकारले नयाँ ऐनको व्यवस्था गर्न लागिएको बताउनु भएको थियो । उहाँले आवश्यक्ताको आधारमा मेडिकल शिक्षा सबै प्रदेश र क्षेत्रमा स्थापना गर्नेगरी अध्यादेशमा व्यवस्था गरिएको पनि स्पष्ट पार्नु भएको थियो ।

बैठकले ‘वेपत्ता पारिएका व्यक्तिको छानवीन, सत्य निरुपण तथा मेलमिलाप आयोग पहिलो संशोधन अध्यादेश’ पनि बहुमतले स्विकृत गरेको छ । त्यसैगरी ‘संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव र राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धि अध्यादेश’ पनि स्विकृत गरिएको छ ।

सरकारको तर्फबाट दुवै अध्यादेश कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले प्रतिनिधिसभा बैठकमा स्वीकृतिका लागि प्रस्ताव पेश गर्नु भएको थियो । प्रतिनिधिसभा बैठकले ‘राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, २०७५’ पनि स्वीकृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com