ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोली काठमाडौंमा यी रुटका गाडी बन्दैछन् प्रभावित


admin

काठमाडौं, २७ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका कारण शुक्रबार र शनिबार काठमाडौंमा यातायात प्रभावित हुने भएको छ । नेपाल भ्रमणका लागि प्रधानमन्त्री मोदी शुक्रबार (भोली) बिहान भारतबाट सिधै जनकपुर आउने भएका छन् । त्यहाँ नागरिक अभिनन्दन लगायतका कार्यक्रम सकिएसँगै मोदी हेलिकप्टर मार्फत काठमाडौं आउने छन् ।

कुन रुट प्रभावित हुनेछ, शुक्रबारको तालिका

शुक्रबार विहान ९ बजे मोदी जनकपुर ओर्लने कार्यक्रम रहेको छ ।

त्यँहाको कार्यक्रम सकिएसंगै मोदी दिउँसो करीब १ बजे काठमाडौं उत्रने छन् । त्यसपछि उनी चुच्चेपाटीमा रहेको होटल हायत तर्फ जाने छन् ।

त्यसक्रममा उनी विमानस्थलबाट निस्कनु भन्दा केही समय अघिदेखिनै उक्त सडक खण्डका सवारी आवागमन बन्द हुनेछ ।

तिनकुने तर्फबाट सिनामंगाल, एयरपोर्ट, गौशाला, चावहिल, बौद्ध, जोरपाटी लगायका स्थानमा मोदी विमानस्थलमा अवतरण गर्नुपूर्व नै सवारी आवागमन बन्द हुनेछ ।

मोदीलाई सरकारले विशेष सत्कार गर्दै छ उनलाई टुँडिखेलमा दिउँसो चार बजे गार्ड अफ अनर प्रदान गर्ने कार्यक्रम रहेको छ । त्यसका लागि चाबहिल गौशाला, तिनकुने, बानेश्वर, माइतिघरको सवारी प्रभावित हुने छ । चार बजे उनी सैनिकमञ्च टुँडिखेल जानुभन्दा करीब एक घन्टा अगाडी उक्त सडक खण्डमा सवारी खाली गरिने छ ।

गार्ड अफ अनर लिएसँगै मोदी उपराष्ट्रपति नन्दबहादुर पुनसँग भेटवार्ताका लागि कान्तिपथ जानेछन् । उक्त सयममा रत्नपार्क, जमल, दरबारमार्ग, लैनचउर लगायतका स्थानका सडक वन्द हुने छ ।

उपराष्ट्रपतिसँगको भेटवार्तापछि मोदी राष्ट्रपति विद्या भण्डारीसँगको भेटवार्ताका लागि शीतलनिवास जानेछन् । त्यसक्रममा लैनचउर, महाराजगञ्ज, चक्रपथ क्षेत्रमा सवारी आवागमन बन्द हुनेछ ।

राष्ट्रपतिसँगको छलफल सकिएसँगै मोदी पुरानो वानेश्वरमा रहेको होटल द्वारिकाजमा जानेछन् । त्यसक्रममा पनि गौशाला, चावहिलदेखि पुरानोवानेश्वर आसपासको क्षेत्रको सवारी अस्तव्यस्त हुने छ ।

शनिवारको प्रभावित हुने रुट

शनिवार विहान मोदी मुक्तिनाथ प्रस्थान गर्ने छन् । त्यस क्रममा होटल हायतदेखि एयरपोर्ट सम्मको रुटको सवारी वन्द हुनेछ । मुक्तिनाथ दर्शन गरेर मोदी करिब १० बजे त्रिभुबन विमानस्थल फर्कने छन् । त्यसपछि उनी पशुपतिनाथमा विशेष पुजा अर्चनाका लागि पुग्नेछन् । त्यसपछि उनको यात्रा होटल हायतका लागि हुनेछ ।

काठमाडौं महानगरपालिकाले राष्ट्रिय सभागृहमा दिउँसो २ बजे भारतीय प्रधानमन्त्री मोदीलाई अभिनन्दन गर्ने कार्यकम रहेको छ । त्यसका लागि उनी होटल हायतबाट चावहिल, गौशाला, तिनकुने, बानेश्वर, माइतिघर, सिंहदरबार हुँदै भृकुटीमण्डप पुग्नेछन् । उनी राष्ट्रियसभा गृह जानुभन्दा केही अगाडि नै सडक खाली हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com