ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

के हो रामायण सर्किट रुट ?


admin
२८ बैशाख २०७५, शुक्रबार   १२ : ४९   बजे

काठमाडौं, २८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा रामायण सर्किट रुटको उद्घाटन गरेका छन् । प्रधानमन्त्री मोदीको दुई दिने नेपाल भ्रमणका क्रममा जनकपुरमा दुई देशका प्रधानमन्त्रीले सो ६ सय ५० किलोमिटर लामो सर्किट रुटको उद्घाटन गरेका हुन् ।

सर्किट उद्घाटनसँगै जनकपुरबाट अयोध्याका लागि सिधा बसलाई ओली र मोदीले बिदाइ गरेका छन् ।

दुई देशका प्रधानमन्त्रीले संयुक्त रुपमा जनकपुर–अयोध्या सिधा बस सेवाको उद्घाटन गरेसँगै रामायण सर्किटको चर्चा थपिएको थियो।

भारतले सन् २०१४ र १५ को बजेटमै रामायण सर्किटको अवधारणा अघि सार्दै बजेट विनियोजन गरेको थियो ।

यो रुट त्रेतायुगमा भववान राम र सीताले यात्रा गरेको क्षेत्रलाई नै रामायण सर्किट भन्ने गरिएको छ । जानकीलाई विवाह गरेर लैजानका लागि रामले अयोध्याबाट आएको बाटो र जनपुरमा स्वयम्बरपछि सीतालाई लिएर गएको धार्मिक भूमि नै अहिले रामायण सर्किटका नामले परिचित भएको छ । सर्किटले नेपाल र भारतका धार्मिक क्षेत्रहरुलाई जोड्न लक्ष्य लिएको छ । बहृत् रामायण सर्किटमा भने श्रीलंकासमेत जोडिने छ ।

सर्किटको उद्घाटन गर्दै दुवै प्रधानमन्त्रीले यसको निर्माणलाई तीव्रता दिने प्रतिबद्धता जनाए । प्रधानमन्त्री ओलीले विगमा रामायण सर्किट निर्माणबारे सम्झौता भएर रोकिए पनि अब काम नहुने अवस्थाको अन्त्यभएको घोषणा गरे । त्यस्तै भारतीय प्रधानमन्त्री मोदीले दुवै देशका करोडौं नागरिकलाई रामयण सर्किटले जोड्ने र दुवै देशको पर्यटनको विकासमा सहयोग पुग्ने बताए ।

६ सय ५० किलोमिटर लामो सर्किट भारतको उत्तर प्रदेशको अयोध्या, शृंगवेरपुर र चित्रकुट, नेपालको जनकपुर, बिहारको सीतामढी, बक्सर र दरभंगा, मध्यप्रदेशको चित्रकुट, पश्चिम बंगालको नन्दीग्राम, उडिसाको महेन्द्रगिरि, छत्तीसगढको जगदलपुर, तेलंगानाको भद्राचलम, तमिलनाडुको रामेश्वरम, कर्नाटकको हम्पी, महाराष्ट्रको नासिक र नागपुरको धार्मिकस्थललाई जोड्ने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिरोले पोखरा–सिक्लेस सडक अवरुद्ध, पर्यटकलाई यात्रा नगर्न आग्रह

आज राति पनि वर्षाको सम्भावना, कोसी–बागमती–गण्डकीका केही स्थानमा भारी वर्षाको चेतावनी

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu