ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल भ्रमणमा मोदी: भारतका यी सांसदको गरे यस्तो अव्यवहारिक ट्वीट


admin
२८ बैशाख २०७५, शुक्रबार   ३ : १३   बजे

काठमाडौं, २८ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमण छन् । जानकी मन्दिरमा दर्शन गरी अन्य कार्यक्रम सकाएर प्रधानमन्त्री मोदी काठमाडौं आउने तरखरमा रहेका बेला उनकै पार्टीका एक नेताले भने जनकपुर भारतसंग गाभ्नुपर्ने भन्दै ट्वीट गरेका छन् ।

जनकपुरधाम भारतीय भूमीको भन्दै फिर्ता लिन मोदीसमक्ष माग गर्ने व्यक्ति हुन् भारतको लोकसभाका सांसद कीर्ति आजाद । ट्वीटरमा उनले आफ्नो विचार यसरी लेखेका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘आदरणीय नरेन्द्र मोदी जी, जनकपुरधाम मिथिलाको राजधानीमा यहाँलाई स्वागत छ, दुई सय साल पहिले अंग्रेज र नेपालका बीचमा भएको सन्धि जसले मिथिलाको भाग नेपालमा दिएको थियो समाप्त भएको छ। मिथिलाको यस भागलाई फिर्ता लिएर सीताआमाको आदर गर्दै मिथिला राज्य घोषणा होस्।’

कीर्ति आजाद सन् २०१४ मा भारतीय जनता पार्टीका तर्फबाट विहारको दरभंगाबाट लोकसभा सदस्यमा निर्वाचित भएका थिए। यसअघि उनी दिल्लीबाट विधानसभा सदस्य समेत रहेका थिए।

पूर्व क्रिकेटर समेत रहेका उनी विहारका पूर्वमुख्यमन्त्री भागवत झा आजादका छोरा हुन्। उनलाई भारतीय जनता पार्टीले २०१५ मा अरुण जेट्लीमाथि भ्रष्टाचारको अभियोग लगाएपछि निष्काशन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group