काठमाडौं, २९ वैशाख । नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहान मुक्तिनाथ मन्दिर पुगेर पूजा गरेका छन्। शनिबार बिहान काठमाडौंबाट मुक्तिनाथ आएका मोदीले करिब २० मिनेट लगाएर पूजा गरे।
पूजाअर्चनापछि उनले मुक्तिनाथ मन्दिर परिसरमा रहेका १ सय ८ धाराहरुको अवलोकन तथा जलसेचन गरे। सो क्रममा मोदीलाई पर्यटन मन्त्री रवीन्द्र अधिकारी, प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायतले मुक्तिनाथ क्षेत्रको विशेष शालग्राम उपहारस्वरुप प्रदान गरेका थिए। मुक्तिनाथ पुग्दाका उनको तस्बिरहरु-
प्रतिक्रिया दिनुहोस्