काठमाडौँ, २९ वैशाख। सुनसरीको इटहरीमा भैसी सुन्दरी प्रतियोगिता सम्पन्न भएको छ । शनिबार मुलुकमै पहिलो पटक भैंसी सुन्दरी प्रतियोगिता भएको हो । वातावरण तथा पर्यावरण संरक्षण केँन्द्र नेपालको आयोजनामा इटहरी २ स्थित हवाई चौकमा सम्पन्न भैंसी सुन्दरी प्रतियोगिताको ताज इटहरीकोे हिरा नाम दिइएको भैँसीले पहिरिएको छ ।
इटहरी २ की मिठुमायाँ कार्कीले पालेको भैसीले ३ दर्जन भैसीलाई जित्ने विजेता बनेको हो । विजेतालाई ११ हजार नगद दिइएको छ ।
यस्तै इटहरीका नरबहादुर कार्कीले पालेको चम्पा नामक भैंसी दोस्रो हुँदै ९ हजार नगद जितेको छ । इटहरीकै बेधनिधि दाहालले पालेको काली भैंसी तेस्रो भएर नगद ३ हजार ५ सय रुपैया जितेको छ । प्रतियोगितामा इटहरी वडा नं १, २, ३, ४ र २० बाट ३८ वटा भैंसीहरु ल्याईएको थियो ।
किसानलाई उत्साहित गर्न भैसी सुनदरी प्रतियोगिता गराइएको आयोजक संस्थाका अध्यक्ष टंक दाहालले जानकारी दिए ।
भैसी सुन्दरी प्रतियोगितामा भैसीको स्वास्थ्य, सफाइलाई आधार मानेर छनौट गरिएको थियो । प्रतियोगितमा सहभागिता जनाउने भैंसीहरुको ८० हजार बराबरको बिमाको ब्यवस्था पनि गराइएको थियो ।
प्रतिक्रिया दिनुहोस्