धादिङ, ३० वैशाख । धादिङको धुनिवेशी – चालिसे बजारमा २ ओटा ट्रकमा आगजनी भएको छ ।
आज विहान साढे २ बजे रोकि राखेका भारतिय नम्वर भएका २० चक्के २ ओटा ट्रक मा आगजनी भएको हो ।
आगलागी बाट ट्रक पुर्णरुपमा क्षेती भएको प्रहरीले जानकारी दिएको छ । आज विप्लव माओवादीको बन्द भएको हुदा उनिहरुको कार्यकर्ताले आगजानी गरेको हुनसक्ने प्रहरीको अनुमान छ । आगो फैलन नदिन नेपाल प्रहरी स्थानियबासीको सहयोगमा आगोनियन्त्रको प्रयास जारी रहेको र काठमाडौबाट दमकल आउदै गरेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्