काठमाडौं,३० वैशाख । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आगामी बजेटमा दुई नम्बर प्रदेशलाई दिर्घकालीन योजनासँग जोड्ने बताउनुभएको छ ।
दुई नम्बर प्रदेशका प्रतिनिधिसभाका सदस्यसंगको भेटमा अर्थमन्त्री खतिवडा बजेटले दुई नम्बर प्रदेशको विकासमा सहयोग पुग्ने गरि बजेटको व्यवस्था गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।
उहाँले चुरे संरक्षण, नदी कटान नियन्त्रण, मदेशको शिक्षा, स्वास्थ्य तथा परम्परागत कृषि प्रणालीलाई उन्नत प्रविधिमा विकास गर्न लागि परेको बताउनुभयो । माओवादी केन्द्रका नेता तथा पूर्व मन्त्री प्रभु साहको नेतृत्वमा दुई नम्बर प्रदेशमा सांसदले अर्थ मन्त्रीसँग आगामी बजेटमा यस क्षेत्रलाई प्राथमिकता दिन ध्यानर्कषण गराउनुभयो ।
नेता साहले आगामी बजेटले नदी कटान नियन्त्रणका लागि प्याकेजमा बजेटको व्यवस्थापन भई एकै चरणमा काम सुरु गर्नुपर्ने, सडक सञ्जाल निर्माणमा प्राथमिकता, हुलाकी राजमार्ग निर्माण, कृषि, स्वास्थ्य, सिचाई र सिप विकासमा बजेट केन्द्रीत हुनुपर्ने बताउनुभयो ।
शिक्षामा मधेशका बालबालिकालाई आर्कषण गर्न दिवा खाजा र शैक्षिक साम्रागीमा सहयोगी बन्ने बजेटले सम्बोधन गर्नुपर्ने भन्दै माओवादी नेता साहले अर्थमन्त्रीको ध्यानकर्षण गराउनुभयो । मध्य पहाडी लोकमार्ग महेन्द्र राजमार्ग, हुलाकी राजमार्ग हुदै भारतीय सिमा जोड्ने सडक निर्माणमा भएमा मात्र व्यापार व्यवसायमा सहजता हुने सांसदको भनाई छ । बागमती सिंचाई आयोजनाको काम प्रभावकारी रुपमा अगाडि बढाउन प्रयाप्त बजेटको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
राजमार्ग क्षेत्र भन्दा सिमा क्षेत्रतर्फ सरकारको कुनै पनि विकास निर्माणमा ध्यान नपुगेको भन्दै आगामी बजेटले मधेशको समान्नतर विकासमा जोड दिनुपर्ने विभिन्न दलका सांसदले अर्थ मन्त्रीस“ग आग्रह गर्नुभयो । सांसदले दुई नम्बर पदेशमा अहिलेसम्म प्राविधिक शिक्षलय र मेडिकल कलेज नभएकाले सरकारी स्तरबाटै सञ्चालनको लागि आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्