प्यूठान — भलुबाङ–प्यूठान सडक अन्तरगत प्यूठानको सरुमारानी गाउँपालिका–४ बड्डाँडा नजिक भएको बस दुर्घटनाका मृतक पाँचजनाकै सनाखत भएको छ ।
मृत्यु हुनेमा बस चालक कञ्चनपुर महेन्द्रनगरका २६ वर्षीय बिरु चौधरी, प्यूठान गौमुखी गाउँपालिका–१ अर्खाकी १६ वर्षीय हीरा टमाटा, प्यूठानकी २६ वर्षीय सरिता शर्मा, गौमुखी गाउँपालिका–३ रजबाराका २२ वर्षिय हरी मल्ल र कञ्चरपुर कृष्णपुर गाउँपालिका–२ की सरीता चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ।
सबै शव जिल्ला अस्पातला बिजुवारमा ल्याइएकोजिल्ला प्रहरी प्रमुख राजेन्द्र पोख्रेलले बताए।
महेन्द्रनगरबाट प्यूठानतर्फ आइरहेको माहाकाली यातायातको ना ४ ख ८१७६ नम्बरको बस आइतबार बिहान ३ बजेतिर दुर्घटनामा परेको हो। दुर्घटनामा ५ जनाकोमृत्यु भएको थियो। २५ जना घाइते भएका छन्।
प्रतिक्रिया दिनुहोस्